बीमा प्राधिकरणका अध्यक्ष ओझाविरुद्ध अख्तियारमा उजुरी दर्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन २६, २०८१
|
|
३८ पटक हेरिएको
Shares
बीमा प्राधिकरणका अध्यक्ष ओझाविरुद्ध अख्तियारमा उजुरी दर्ता

सारांश

  • अध्यक्ष ओझाविरुद्ध नक्कली कागजात देखाएर प्राधिकरणमा नियुक्त भएको भन्दै दिपेन्द्र बोहरा नाम गरेका व्यक्तिले अख्तियारमा उजुरी गरेका हुन् ।
  • उनले दिएको निवेदनमा अध्यक्ष ओझाले प्राधिकरणमा नियुक्ति खानका लागि देखाएको व्यवस्थापकको कागजात नै नक्कली भएको उल्लेख छ।
  • ओझाको उमेर ३३ वर्ष बताइएको र नीतिगत व्यवस्थाबमोजिम यो नियुक्तीका लागि उमेर हद नकटेको बताइएको छ ।

 

२६ फागुन, काठमाडौं- नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अध्यक्ष ओझाविरुद्ध नक्कली कागजात देखाएर प्राधिकरणमा नियुक्त भएको भन्दै दिपेन्द्र बोहरा नाम गरेका व्यक्तिले अख्तियारमा उजुरी गरेका हुन् ।

उनले दिएको निवेदनमा अध्यक्ष ओझाले प्राधिकरणमा नियुक्ति खानका लागि देखाएको व्यवस्थापकको कागजात नै नक्कली भएको उल्लेख छ। ओझाको उमेर ३३ वर्ष बताइएको र नीतिगत व्यवस्थाबमोजिम यो नियुक्तीका लागि उमेर हद नकटेको बताइएको छ । यस्तै, ऐन बमोजिम ३५ वर्ष नाघेको र ६५ वर्ष ननाघेको व्यक्ति अध्यक्ष नियुक्तिका लागि योग्य हुने व्यवस्था भएको समेत निवेदनमा उल्लेख छ । ओझाले पत्रकारकारुपमा काम गरेको समाचार संस्थामा व्यवस्थापकका रुपमा काम गरेको भनिएको कागजात नै नक्कली रहेको बताइएको छ ।

सरकारले फागुन २२ गते बसेको मन्त्रिपरिषद्को बैठकमार्फत ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो। नियुक्तिपछि उनको योग्यता र क्षमतामाथि निरन्तर प्रश्न उठ्दै आएको छ। ओझाको नियुक्ति सार्वजनिक भएपछि बीमा क्षेत्रका सरोकारवाला, विज्ञ तथा सेवाग्राहीहरूले उनको कार्यकालबारे शंका व्यक्त गरिरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?