सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

विदेशी पर्यटक र सवारीसाधनका लागि वीरगन्जमा एकल सुरक्षा जाँच प्रणाली लागू

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर ३, २०८२
|
|
४० पटक हेरिएको
Shares
विदेशी पर्यटक र सवारीसाधनका लागि वीरगन्जमा एकल सुरक्षा जाँच प्रणाली लागू

सारांश

  • सुरक्षाको नाममा पर्यटकसँग दोहोरो चेकजाँच गर्दै आएको प्रचलन हटाउन नेपाल प्रहरीले नयाँ व्यवस्था लागू गरेको छ ।
  • वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी सवारी साधनलाई अब सीमाक्षेत्रमा एक पटक मात्र सुरक्षा जाँच गरी देशभित्र पुनः जाँच गर्न नपर्ने व्यवस्था आजदेखि लागू भएको हो ।
  • नेपाल प्रहरीको मधेस प्रदेश कार्यालय जनकपुरको निर्देशनमा जिल्ला प्रहरी कार्यालय, पर्साले सीमाक्षेत्रमै सम्पूर्ण कागजात जाँच, भन्सार प्रक्रिया र आवश्यक व्यवस्थापन गर्ने प्रणाली गतिशील रूपमा लागू गरेको छ ।

 

३ मंसिर, वीरगन्ज ।

सुरक्षाको नाममा पर्यटकसँग दोहोरो चेकजाँच गर्दै आएको प्रचलन हटाउन नेपाल प्रहरीले नयाँ व्यवस्था लागू गरेको छ । वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी सवारी साधनलाई अब सीमाक्षेत्रमा एक पटक मात्र सुरक्षा जाँच गरी देशभित्र पुनः जाँच गर्न नपर्ने व्यवस्था आजदेखि लागू भएको हो । नेपाल प्रहरीको मधेस प्रदेश कार्यालय जनकपुरको निर्देशनमा जिल्ला प्रहरी कार्यालय, पर्साले सीमाक्षेत्रमै सम्पूर्ण कागजात जाँच, भन्सार प्रक्रिया र आवश्यक व्यवस्थापन गर्ने प्रणाली गतिशील रूपमा लागू गरेको छ ।

प्रहरी उपरीक्षक (एसपी) सुदिपराज पाठकका अनुसार, सीमामा जाँच पूरा भएपछि उक्त सवारी साधनको नम्बर, कागजात विवरण र सूचनाहरू प्रदेशभित्रका सम्बन्धित प्रहरी चौकी तथा कार्यालयमा पूर्व–सूचना स्वरूप पठाइनेछ । “यसपछि मधेस प्रदेशका अन्य नाकामा पुनः रोकावट वा चेकजाँच गरिने छैन,”एसपी पाठकले जानकारी दिए । उनका अनुसार यतिअघि चेकजाँचको नाममा भारतीय नम्बरका सवारी साधनमा यात्रासहित आउने पर्यटकहरूलाई अनावश्यक झन्झट र समय बर्बाद हुने गरेको गुनासो बढ्दै आएको थियो । सुरक्षालाई ध्यानमा राख्दै यात्रुलाई सहज र सम्मानजनक सेवा दिन नयाँ विधि लागू भएको उनले बताए । पर्यटन प्रवद्र्धनमा सहयोग

नयाँ व्यवस्थाले वीरगन्ज हुँदै नेपाल प्रवेश गर्ने पर्यटकमैत्री वातावरण निर्माण गर्ने विश्वास प्रहरीले लिएको छ । एसपी पाठकले भने, ‘यो व्यवस्था लागू भएपछि यात्रु–अनुकूल वातावरण बन्नेछ र यसले पर्यटन प्रवद्र्धनमा पनि सकारात्मक टेवा पु¥याउनेछ ।’ यससँगै विदेशी सवारी व्यवस्थापन र नाका अनुगमन प्रक्रियालाई आधुनिक, सरल र व्यवस्थित बनाउन प्रहरीले दीर्घकालीन संरचनागत सुधारको तयारी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा जेनजी आन्दोलनबाट ६३ करोड ५५ लाख बराबरको क्षति
सर्लाहीमा जेनजी आन्दोलनबाट ६३ करोड ५५ लाख बराबरको क्षति
देउवाले बोलाए पदाधिकारी बैठक
देउवाले बोलाए पदाधिकारी बैठक
सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घट्यो
सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घट्यो
पार्टीले संसदीय दलको नेतामा अगाडि बढाए खुट्टा कमाउँदिन : सुहाङ
पार्टीले संसदीय दलको नेतामा अगाडि बढाए खुट्टा कमाउँदिन : सुहाङ
बसले मोटरसाइकललाई ठक्कर दिँदा ३५ वर्षका युवकको मृत्यु
बसले मोटरसाइकललाई ठक्कर दिँदा ३५ वर्षका युवकको मृत्यु
प्रधानमन्त्रीसँग बङ्गलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग बङ्गलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट
मधेस प्रदेशका मुख्यमन्त्री द्वारा बारा जिल्लाको कलैयामा एकै दिन विभिन्न कार्यक्रम सम्पन्न 
मधेस प्रदेशका मुख्यमन्त्री द्वारा बारा जिल्लाको कलैयामा एकै दिन विभिन्न कार्यक्रम सम्पन्न 
भूमि विधेयकको प्रतिवेदनबाट हटेन सूचित आदेशले हदबन्दी तोक्ने विषय
भूमि विधेयकको प्रतिवेदनबाट हटेन सूचित आदेशले हदबन्दी तोक्ने विषय
लुकाकु बने बेल्जियमका सर्वाधिक विश्वकप गोलकर्ता
लुकाकु बने बेल्जियमका सर्वाधिक विश्वकप गोलकर्ता
अहिंसा, मैत्री, करूणा र प्रज्ञाको सन्देशलाई व्यवहारमा उतार्न सकेमात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण हुन्छ : राष्ट्रपति
अहिंसा, मैत्री, करूणा र प्रज्ञाको सन्देशलाई व्यवहारमा उतार्न सकेमात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण हुन्छ : राष्ट्रपति