सर्लाहीमा जेनजी आन्दोलनबाट ६३ करोड ५५ लाख बराबरको क्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ७, २०८२
|
|
३५ पटक हेरिएको
Shares
सर्लाहीमा जेनजी आन्दोलनबाट ६३ करोड ५५ लाख बराबरको क्षति

सारांश

  • जेनजी पुस्ताको आन्दोलनका क्रममा सर्लाहीमा सार्वजनिक सम्पत्तिमा ठूलो मात्रामा क्षति पुगेको छ ।
  • जिल्ला प्रशासन कार्यालय सर्लाहीले दिएको प्रारम्भिक विवरणअनुसार भदौ २३ र २४ गतेको आन्दोलनमा तोडफोड र आगजनी हुँदा जिल्लाभर ६३ करोड ५५ लाख बराबरको सम्पत्ति नष्ट भएको हो ।
  • सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेलका अनुसार जिल्लाका २० पालिकामध्ये ६ वटा पालिकामा पूर्ण क्षति, दुईवटा पालिकामा आंशिक क्षति र तीनवटा पालिकामा सामान्य क्षति पुगेको छ ।

७ असोज, सर्लाही ।

जेनजी पुस्ताको आन्दोलनका क्रममा सर्लाहीमा सार्वजनिक सम्पत्तिमा ठूलो मात्रामा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले दिएको प्रारम्भिक विवरणअनुसार भदौ २३ र २४ गतेको आन्दोलनमा तोडफोड र आगजनी हुँदा जिल्लाभर ६३ करोड ५५ लाख बराबरको सम्पत्ति नष्ट भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेलका अनुसार जिल्लाका २० पालिकामध्ये ६ वटा पालिकामा पूर्ण क्षति, दुईवटा पालिकामा आंशिक क्षति र तीनवटा पालिकामा सामान्य क्षति पुगेको छ ।

पूर्ण क्षति भएका पालिकामध्ये लालबन्दी नगरपालिकामा सबैभन्दा धेरै १७ करोड रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै, ईश्वरपुरमा १२ करोड, बरहथवामा १० करोड, हरिपुरमा दुई करोड ७५ लाख, हरिपुर्वामा दुई करोड ४४ लाख र चन्द्रनगर गाउँपालिकामा तीन करोड एक लाख रुपैयाँ बराबरको क्षति भएको विवरणमा उल्लेख छ । आंशिक क्षति पुगेकामा हरिवन नगरपालिकामा १० करोड चार लाख र बागमती नगरपालिकामा तीन करोड ७५ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । त्यस्तै, सामान्य क्षति पुगेकामा ब्रह्मपुरी गाउँपालिका १६ लाख, मलङ्गवा नगरपालिका ६ लाख र पर्सा गाउँपालिका १२ लाख रहेका छन् ।

प्रदेश र संघअन्तर्गतका कार्यालयमा समेत क्षति पुगेको छ । प्रादेशिक कार्यालयतर्फ कृषि ज्ञान केन्द्र मलङ्गवामा १५ लाख बराबरको सामान्य क्षति पुगेको छ भने संघीय मातहत प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यान्वयन इकाइमा ४८ लाख बराबरको आंशिक क्षति र हुलाक कार्यालय लालबन्दीमा तीन लाख बराबरको सामान्य क्षति पुगेको प्रशासनले जनाएको छ । त्यस्तै, नेपाल प्रहरीका विभिन्न युनिटमा एक करोड ४५ लाख, सशस्त्र प्रहरीका चेकपोष्टमा ६ लाख र जिल्ला अदालत सर्लाहीमा पाँच लाख बराबरको क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पशुपति मन्दिरमा करिब डेढ लाख भक्तजनहरुले गरे दर्शन
पशुपति मन्दिरमा करिब डेढ लाख भक्तजनहरुले गरे दर्शन
किसानका समस्या समाधान गर्न स्थानीय स्रोत उपयोग गर्नुपर्छ : बालेन
किसानका समस्या समाधान गर्न स्थानीय स्रोत उपयोग गर्नुपर्छ : बालेन
नाराबाजीबीच गृहमन्त्रीले भने– भिजिट भिसामा मेरो संलग्नता छैन
नाराबाजीबीच गृहमन्त्रीले भने– भिजिट भिसामा मेरो संलग्नता छैन
हङकङबाट काठमाडौं आउँदा जहाजमै अचेत लिम्बूको मृत्यु
हङकङबाट काठमाडौं आउँदा जहाजमै अचेत लिम्बूको मृत्यु
माछा मार्न गएका आमा-छोरीको डुबेर मृ*त्यु
माछा मार्न गएका आमा-छोरीको डुबेर मृ*त्यु
कर्जा असुली न्यायाधीकरणका नवनियुक्त अध्यक्ष बस्नेत भन्छन्ः वचतकर्तालाई वचत फिर्ता गराउनु हाम्रो उद्देश्य
कर्जा असुली न्यायाधीकरणका नवनियुक्त अध्यक्ष बस्नेत भन्छन्ः वचतकर्तालाई वचत फिर्ता गराउनु हाम्रो उद्देश्य
विराटनगरमा प्रहरीको सुरक्षा घेरा तोडेर अस्पतालबाटै जबरजस्ती करणी मुद्दाका कैदी फरार
विराटनगरमा प्रहरीको सुरक्षा घेरा तोडेर अस्पतालबाटै जबरजस्ती करणी मुद्दाका कैदी फरार
बाख्रा चराउँदै गर्दा लडेर मृत्यु
बाख्रा चराउँदै गर्दा लडेर मृत्यु
१० किलो लागूऔषध गाँजासहित एक पक्राउ
१० किलो लागूऔषध गाँजासहित एक पक्राउ
गाउँ कार्यपालिकाको कार्यालय चक्रघट्टा सर्लाहीको सार्वजनिक अनुरोध