शिक्षकका माग पुरा गर्न शिक्षामन्त्रीलाई जहदा गाउँपालिकाको पत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २४, २०८१
|
|
५८ पटक हेरिएको
Shares
शिक्षकका माग पुरा गर्न शिक्षामन्त्रीलाई जहदा गाउँपालिकाको पत्र

सारांश

  • मोरङको जहदा गाउँपालिकाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई पत्र लेखेर शिक्षकका माग पुरा गर्न आग्रह गरेको छ ।
  • जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साहले मन्त्री भट्टराईलाई पत्र लेखेर शिक्षक र कर्मचारीका मागहरुमा समर्थन रहेको जनाएका हुन् ।
  • शिक्षा ऐन जारी नहुँदा २० चैत शिक्षकहरु फेरि आन्दोलनमा छन् ।

२४ चैत, काठमाडौं ।

मोरङको जहदा गाउँपालिकाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई पत्र लेखेर शिक्षकका माग पुरा गर्न आग्रह गरेको छ । जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साहले मन्त्री भट्टराईलाई पत्र लेखेर शिक्षक र कर्मचारीका मागहरुमा समर्थन रहेको जनाएका हुन् । शिक्षा ऐन जारी नहुँदा २० चैत शिक्षकहरु फेरि आन्दोलनमा छन् ।

शिक्षक आन्दोलनबाट पालिकामा भर्ना अभियान लगायत शैक्षिक कार्यक्रमहरु प्रत्यक्ष प्रभाव परेको पत्रमा लेखिएको छ ।‘विद्यालयका नियमित कामकाज तथा गाउँपालिकाका शैक्षिक कार्यक्रममा पनि प्रत्यक्ष प्रभाव परेको र शैक्षिक सत्र २०८२ को भर्ना अभियान समेत तोकिएको समयमा सचालन गर्न नसकिने अवस्था सिर्जना भएकोले शिक्षक तथा कर्मचारीहरूका जायज मागहरुमा समर्थन रहेको व्यहोरा जनाउँदै यथोचित मागहरु सम्बोधन गरी उच्च मनोबलका साथ काममा फर्कने वातावरण निर्माणका लागि अनुरोध छ,’ गाउँपालिका अध्यक्ष जितेन्द्र प्रसाद साहले शिक्षा मन्त्री भट्टराईलाई लेखेको पत्रमा भनिएको छ ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु आन्दोलनमा छन् । यसैक्रममा उनीहरुले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले यसलाई शिक्षा ऐन जारी गराउने सवालमा ‘अन्तिम र निर्णायक आन्दोलन’ भनेका छन् । काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । शिक्षकहरुको आन्दोलनले एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण समेत प्रभावित हुँदा नतिजा प्रकाशनमा ढिलाइ हुने चिन्ता छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्धुलीमा माइक्रो बस दुर्घटनामा १ जनाको मृत्यु, १२ जना घाइते
सिन्धुलीमा माइक्रो बस दुर्घटनामा १ जनाको मृत्यु, १२ जना घाइते
पूर्वमन्त्री अधिकारीलाई जिल्ला अदालत काठमाडौं लगियो
पूर्वमन्त्री अधिकारीलाई जिल्ला अदालत काठमाडौं लगियो
आज यी पाँच प्रदेशमा चट्याङसहित वर्षा हुने सम्भावना
आज यी पाँच प्रदेशमा चट्याङसहित वर्षा हुने सम्भावना
देश छाड्ने नेपालीको संख्या बढ्यो, २ वर्षमा मात्रै १ लाख ३७ हजार छोडे
देश छाड्ने नेपालीको संख्या बढ्यो, २ वर्षमा मात्रै १ लाख ३७ हजार छोडे
रविलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
रविलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
भिजिट भिसालाई मानव तस्करीको माध्यम बनाइएको आरोप लगाएको रास्वपा निलो रिबन लगाएर संसदमा
भिजिट भिसालाई मानव तस्करीको माध्यम बनाइएको आरोप लगाएको रास्वपा निलो रिबन लगाएर संसदमा
सामाजिक सञ्जाल नियमनका लागि कार्यदल बनाउन काउन्सिललाई सञ्चारमन्त्रीको सुझाव
सामाजिक सञ्जाल नियमनका लागि कार्यदल बनाउन काउन्सिललाई सञ्चारमन्त्रीको सुझाव
कालीगण्डकी करिडोरः राहुघाट–तातोपानी १४ किलोमिटर कालोपत्र
कालीगण्डकी करिडोरः राहुघाट–तातोपानी १४ किलोमिटर कालोपत्र
प्रधानमन्त्री बालेनले संसद्‌मा लगे दुई विधेयक
प्रधानमन्त्री बालेनले संसद्‌मा लगे दुई विधेयक
आज देशका विभिन्न स्थानहरुमा वर्षा हुने
आज देशका विभिन्न स्थानहरुमा वर्षा हुने