सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

भूमि विधेयकको प्रतिवेदनबाट हटेन सूचित आदेशले हदबन्दी तोक्ने विषय

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २८, २०८२
|
|
४३ पटक हेरिएको
Shares
भूमि विधेयकको प्रतिवेदनबाट हटेन सूचित आदेशले हदबन्दी तोक्ने विषय

सारांश

  • भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको प्रतिवेदनबाट सूचित आदेशले हदबन्दी तोक्ने विषय नहटेको पाइएको छ ।
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालयले तयार पारेको भूमि विधेयकको प्रतिवेदन प्रतिनिधिसभा अन्तरगतको कृषि, सहकारी तथा प्राकृतिक स्राेत समिति सदस्यहरुलाई वितरण गरिएको छ ।
  • प्रस्तावित विधेयकको दफा २ मा सूचित आदेशले हदबन्दी तोक्ने विषय छ ।

२८ साउन, काठमाडौं ।

भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको प्रतिवेदनबाट सूचित आदेशले हदबन्दी तोक्ने विषय नहटेको पाइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालयले तयार पारेको भूमि विधेयकको प्रतिवेदन प्रतिनिधिसभा अन्तरगतको कृषि, सहकारी तथा प्राकृतिक स्राेत समिति सदस्यहरुलाई वितरण गरिएको छ । प्रस्तावित विधेयकको दफा २ मा सूचित आदेशले हदबन्दी तोक्ने विषय छ । यो प्रावधान राखे हदबन्दी तोक्ने विषय मन्त्रिपरिषद्‍मा निहित हुने भनेर सांसदहरुले हटाउन माग गर्दै आएका छन् । तर, भूमि मन्त्रालय तयार नहुँदा सूचित आदेशले हदबन्दी तोक्ने विषय नहटेको हो ।

विधेयकको दफा २ को उपदफा (१) मा भूमि सम्बन्धी ऐन २०२१ को दफा १२ छमा संशोधन गरेर ‘घर जग्गा व्यवसायको जग्गा बिक्रीसम्बन्धी व्यवस्था’ राखिएको छ । जहाँ भनिएको छ, ‘यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा १२ को खण्ड (ङ१) बमोजिम घर जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले सूचित आदेशले तोकेको हदभित्रको जग्गा प्रचलित कानुनबमोजिम जग्गा विकास गरी घडेरी वा त्यस्तो घडेरीमा घर वा आवास इकाइ (अपार्टमेन्ट) निर्माण गरी बिक्री गर्न सक्नेछ ।’

भूमि मन्त्रालयले तयार पारेको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको प्रतिवेदनमा भनिएको छ, ‘घरजग्गा व्यवसायको हदबन्दी छुट सम्बन्धी विशेष व्यवस्था थपिएको छ, जसअनुसार घरजग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले नेपाल सरकारको सूचित आदेशद्वारा तोकिदिएको हदसम्मको जग्गामा जग्गा विकास गरी घडेरी वा अपार्टमेन्ट निर्माण गरी बिक्री गर्न सक्नेछ।’

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय वायुसेनाको विमान दुर्घटनामा पाइलटसहित ५ जनाको मृ*त्यु
भारतीय वायुसेनाको विमान दुर्घटनामा पाइलटसहित ५ जनाको मृ*त्यु
टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश
टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश
भवन निर्माणमा घुस : इन्जिनियर सहितका कर्मचारी अख्तियारको फन्दामा
भवन निर्माणमा घुस : इन्जिनियर सहितका कर्मचारी अख्तियारको फन्दामा
एनपीएल ट्रफी टुर : जानकी मन्दिरमा पूजापाठसँगै टुर सुरु
एनपीएल ट्रफी टुर : जानकी मन्दिरमा पूजापाठसँगै टुर सुरु
शिक्षक महासंघले फेरि दियो आन्दोलनको चेतावनी
शिक्षक महासंघले फेरि दियो आन्दोलनको चेतावनी
अविरल वर्षाले धनगढी जलमग्न : विद्यालय बन्द, बाढीको जोखिम उच्च
अविरल वर्षाले धनगढी जलमग्न : विद्यालय बन्द, बाढीको जोखिम उच्च
कालिकोटमा विरासत जोगाउने दाउमा कम्युनिष्ट पार्टी, ‘लालकिल्ला’ भत्काउने कसरतमा काँग्रेस
कालिकोटमा विरासत जोगाउने दाउमा कम्युनिष्ट पार्टी, ‘लालकिल्ला’ भत्काउने कसरतमा काँग्रेस
विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक
विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक
चार वर्षमा चट्याङबाट २३७ को मृ*त्यु, ९०८ जना घाइते
चार वर्षमा चट्याङबाट २३७ को मृ*त्यु, ९०८ जना घाइते
जब २ सय यात्रु सवार प्लेन आकाशमै पाइलटबिनै १० मिनेट उड्यो…
जब २ सय यात्रु सवार प्लेन आकाशमै पाइलटबिनै १० मिनेट उड्यो…