काठमाडौं महानगरका प्रहरी निरीक्षक नगरकोटीको निधन
सारांश
- काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक बद्रिमान नगरकोटीको निधन भएको छ।
- मिर्गौला रोगबाट ग्रसित नगरकोटी ११ जेठमा घरमै लडेका थिए ।
- लडेर अचेत भएका नगरकोटीलाई उपचारका लागि पाटन अस्पताल लगिएकोमा उपचारको क्रममा बुधबार बिहान उनको निधन भएको महानगरपालिकाले जनाएको छ ।

१४ जेठ, काठमाडौं ।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक बद्रिमान नगरकोटीको निधन भएको छ। मिर्गौला रोगबाट ग्रसित नगरकोटी ११ जेठमा घरमै लडेका थिए । लडेर अचेत भएका नगरकोटीलाई उपचारका लागि पाटन अस्पताल लगिएकोमा उपचारको क्रममा बुधबार बिहान उनको निधन भएको महानगरपालिकाले जनाएको छ ।

नगरकोटीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई महानगर प्रमुख बालेन शाह, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित अधिकारीहरूले आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया