Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १९, २०८२
|
|
५४ पटक हेरिएको
Shares
जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

सारांश

  • जनकपुर बोल्ट्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई १३३ रनको लक्ष्य दिएको छ ।
  • कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शुक्रबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको डिफेण्डिङ च्याम्पियन जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको हो ।
  • जनकपुरका लागि संगीथ कुरले ३८ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा सर्वाधिक ४५ रन बनाए ।

 

१९ मंसिर, काठमाडौं ।

जनकपुर बोल्ट्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई १३३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शुक्रबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको डिफेण्डिङ च्याम्पियन जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको हो । जनकपुरका लागि संगीथ कुरले ३८ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा सर्वाधिक ४५ रन बनाए । यस्तै मयन यादवले २३ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा अविजित २७ रन योगदान गरे ।

८३ रनमा ६ विकेट गुमाएको जनकपुरका लागि संगिथ कुरे र मयन यादवले अविजित ४९ रनको साझेदारी गरे । ओपनर आसिफ शेखले १७ बलमा २ चौका र १ छक्का प्रहार गरी २० रन बनाए । सञ्जय कृष्णमुर्तीले १४ र शुभ कंसाकारले ११ रन जोडे । अनिल शाह ७ र माज सदाकत ६ रनमा आउट भए । बलिङमा लुम्बिनीका शेर मल्ल र कप्तान रोहित पौडेलले २-२ विकेट लिए । शेरले ४ ओभरमा २० र रोहितले २ ओभरमा १६ रन खर्चिए । यस्तै जेज स्मिथ र रुबेन ट्रम्पल्मयानले समान १ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलात्कारको अभियोगमा दुई जना पक्राउ
बलात्कारको अभियोगमा दुई जना पक्राउ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
ललितपुर महानगरपालिकाको सबै संरचनाहरु अपाङ्गतामैत्रीछन् : मेयर महर्जन
ललितपुर महानगरपालिकाको सबै संरचनाहरु अपाङ्गतामैत्रीछन् : मेयर महर्जन
प्रधानमन्त्री बालेनको शपथ समारोहमा ५ पूर्वसरकार प्रमुख सहभागी, ओली अनुपस्थित
प्रधानमन्त्री बालेनको शपथ समारोहमा ५ पूर्वसरकार प्रमुख सहभागी, ओली अनुपस्थित
सिंहदरबार जाँदै रवि, सभामुखलाई पनि भेट्ने
सिंहदरबार जाँदै रवि, सभामुखलाई पनि भेट्ने
भारतका रक्षामन्त्री सिंहद्वारा शीर्ष सैन्य नेतृत्वसँग उच्चस्तरीय छलफल
भारतका रक्षामन्त्री सिंहद्वारा शीर्ष सैन्य नेतृत्वसँग उच्चस्तरीय छलफल
सामान्य विवादपछि छुरा हान्ने अर्जुन कैयौं अपराधमा संलग्न
सामान्य विवादपछि छुरा हान्ने अर्जुन कैयौं अपराधमा संलग्न
माइतीघर मण्डलामा राजेन्द्र महतोले जलाए संविधान
माइतीघर मण्डलामा राजेन्द्र महतोले जलाए संविधान
संघीयता भनेको अधिकार र अवसरको न्यायोचित वितरण हो : प्रदेश प्रमुख सुरेन्द्र लाभ
संघीयता भनेको अधिकार र अवसरको न्यायोचित वितरण हो : प्रदेश प्रमुख सुरेन्द्र लाभ
हाम्रा प्रयत्नका तुलनामा षड्यन्त्रकारी मुखर भएर आए: एमाले महासचिव
हाम्रा प्रयत्नका तुलनामा षड्यन्त्रकारी मुखर भएर आए: एमाले महासचिव