यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १९, २०८३
|
|
१५६ पटक हेरिएको
Shares
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

सारांश

  • सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।
  •  सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मंगलबार बसेको बैठकका ४ वटा मुख्य निर्णयहरू सार्वजनिक गरेको हो ।
  •  शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका पोखरेलका अनुसार, गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरीको एआईजीमा अञ्जनी कुमार पोखरेललाई नियुक्त गर्ने निर्णय भएको छ ।

१९ जेठ, काठमाडौं ।

सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मंगलबार बसेको बैठकका ४ वटा मुख्य निर्णयहरू सार्वजनिक गरेको हो । शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका पोखरेलका अनुसार, गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरीको एआईजीमा अञ्जनी कुमार पोखरेललाई नियुक्त गर्ने निर्णय भएको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू–

युनाइटेड नेसन इन्भाइरमेन्ट प्रोग्राम (यूएनडीपी) बाट वजन तहरूलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने ।

सशस्त्र प्रहरी नायब निरीक्षक श्री अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने ।

२०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको घटनाको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यअवधि ४५ दिन थप गर्ने ।

भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्कोटा, कास्की तथा सदस्य पदमा अमिर प्रसाद न्यौपाने, काठमाडौं र पद्मनिति सोतिल लमजुङ र डा. रोहना श्रेष्ठ, काठमाडौंलाई नियुक्त गर्ने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधि सभामा वैशाख २२ गतेबाट नीति तथा कार्यक्रममाथि छलफल हुने
प्रतिनिधि सभामा वैशाख २२ गतेबाट नीति तथा कार्यक्रममाथि छलफल हुने
शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश
रवि लामिछानेलाई दिउँसो तीन बजे नख्खु कारागार ल्याउने तयारी
रवि लामिछानेलाई दिउँसो तीन बजे नख्खु कारागार ल्याउने तयारी
फुटबल टिमको मुख्य प्रशिक्षकमा म्याट रोस नियुक्त, एक वर्षको सम्झौता
प्रहरी परिसर काठमाडौंको गेटबाट फरार थुनुवा असनबाट पक्राउ
प्रहरी परिसर काठमाडौंको गेटबाट फरार थुनुवा असनबाट पक्राउ
दक्षिणी लेबनानमा इजरायलले गरेको आक्रमणमा पत्रकारसहित ५ जनाको मृत्यु
दक्षिणी लेबनानमा इजरायलले गरेको आक्रमणमा पत्रकारसहित ५ जनाको मृत्यु
परराष्ट्रमन्त्री राणा जेनेभा प्रस्थान
परराष्ट्रमन्त्री राणा जेनेभा प्रस्थान
इरान भन्छ- कुटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ, अमेरिकासँग क्षतिपूर्तिको माग गर्छाैँ
इरान भन्छ- कुटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ, अमेरिकासँग क्षतिपूर्तिको माग गर्छाैँ
सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो :सभापति थापा
सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो :सभापति थापा