बाजुराको बुढिगंगा नदीमा बगेर एक जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १०, २०८२
|
|
७१ पटक हेरिएको
Shares
बाजुराको बुढिगंगा नदीमा बगेर एक जनाको मृत्यु

सारांश

  • बाजुरामा नदीमा बगेर एक जनाएको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा जिल्लाको बडीमालिका नगरपालिका–२ का अन्दाजी २२ वर्षीय हिमाल महत रहेका छन् ।
  • माछा मार्न गएका महतको बुढिगंगा नदीमा बगरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

 

बाजुरा । बाजुरामा नदीमा बगेर एक जनाएको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बडीमालिका नगरपालिका–२ का अन्दाजी २२ वर्षीय हिमाल महत रहेका छन् । माछा मार्न गएका महतको बुढिगंगा नदीमा बगरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।माछा मार्न गएका महत बेलुकीसम्म पनि घर नफर्किपछी आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

खवर पश्चात जिल्ला प्रहरी कार्यालय बाजुराबाट गएको टोलीले खोजी गर्दा उनको शव फेला परेको प्रहरी नायव उपरीक्षक (डिएसपी) ईकवाल हवारीले बताए । उनका अनुसार, मृतक महतको शव बगाएको ठाउँबाट करिव ३ किलोमिटर तल बिरेखोला नजिकै फेला परेको बताएका छन्। घटनाबारे थप आवश्यक अनुसन्धान भईरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?