गणतन्त्रको सबैभन्दा गहिरो चिन्ता हामीलाई नै छ : अध्यक्ष प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ७, २०८२
|
|
३९ पटक हेरिएको
Shares
गणतन्त्रको सबैभन्दा गहिरो चिन्ता हामीलाई नै छ : अध्यक्ष प्रचण्ड

सारांश

  •   नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रप्रतिको सबैभन्दा गहिरो चिन्ता तथा सरोकार आफूहरूलाई नै रहेको बताएका छन् ।
  • बुधबार राजधानीमा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’ पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन प्रचण्डले लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त भएको गणतन्त्रमाथि हाल प्रश्न उठ्न थालेपछि त्यसको संरक्षण र सुदृढीकरणप्रति चासो व्यक्त गरेका हुन् ।
  • उनले आन्दोलनको स्मरण गर्दै भने, ‘बच्चा जन्माउने आमालाई जति माया हुन्छ, त्यति अरूलाई हुँदैन ।

७ साउन, काठमाडौं । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रप्रतिको सबैभन्दा गहिरो चिन्ता तथा सरोकार आफूहरूलाई नै रहेको बताएका छन् । बुधबार राजधानीमा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’ पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन प्रचण्डले लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त भएको गणतन्त्रमाथि हाल प्रश्न उठ्न थालेपछि त्यसको संरक्षण र सुदृढीकरणप्रति चासो व्यक्त गरेका हुन् ।

उनले आन्दोलनको स्मरण गर्दै भने, ‘बच्चा जन्माउने आमालाई जति माया हुन्छ, त्यति अरूलाई हुँदैन । गणतन्त्रप्रति प्रश्न उठेपछि हामीले काठमाडौंमा विशाल प्रदर्शन त्यसैगरी मात्रै गरेका थिएनौं, त्यो हाम्रो संकल्प र सरोकारको अभिव्यक्ति थियो ।’ अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनको योगदानबाट महिला, दलित, आदिवासी तथा जनजाति समुदायले पाएका अधिकारहरू आज संस्थागत भएको उल्लेख गर्दै ती अधिकारहरू अब उल्ट्याउन नसकिने विश्वास व्यक्त गरे । उनले पछिल्ला दिनमा गहिरो अध्ययन, चिन्तन, वैचारिक सिद्धान्त र त्यागमा आधारित आन्दोलन तथा नेताहरूलाई हलुका रूपमा व्याख्या गर्दै आलोचना गर्ने प्रवृत्ति बढिरहेकोप्रति दु:ख प्रकट गरे ।

‘आजभोलि सुसंस्कार, दर्शन र युगान्तकारी परिवर्तन ल्याउने नेताहरूलाई गाली गर्ने फेसन चलेको देखिन्छ,’ उनले भने । कुनै वैचारिक धरातल वा ऐतिहासिक योगदान नरहेका व्यक्तिहरूबाट जनतालाई भ्रममा पार्ने प्रयास भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष प्रचण्डले त्यसले मुलुकलाई गलत दिशातर्फ डोर्‍याउन सक्ने खतरा औंल्याए । उनले भने, ‘देशमा निराशावादको व्यापार, असन्तुष्टिको बजार र देश छोड्ने पलायन प्रवृत्तिहरू हावी हुँदै गइरहेका छन् । यस्ता प्रवृत्तिविरुद्ध प्रतिवाद गर्न तथा जनतालाई सही इतिहास बुझाउन पुस्तकहरू सशक्त माध्यम हुन सक्छन् ।’ कार्यक्रमको समापनमा अध्यक्ष प्रचण्डले गहन र विश्लेषणात्मक कृतिहरूले मुलुकको राजनीतिक, सामाजिक र वैचारिक मार्गदर्शनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन विमानस्थल बन्द गर्ने तयारी
त्रिभुवन विमानस्थल बन्द गर्ने तयारी
कोवाङ-जोमसोम सडक निर्माणमा ढिलासुस्ती
कोवाङ-जोमसोम सडक निर्माणमा ढिलासुस्ती
रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने
रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने
मधेश प्रदेशका मुख्यमन्त्री सिंहले प्रधानमन्त्री ओलीलाई बुझाए २२ बुँदे माग
मधेश प्रदेशका मुख्यमन्त्री सिंहले प्रधानमन्त्री ओलीलाई बुझाए २२ बुँदे माग
१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, ११ वर्षभित्र फिर्ता गरिसक्ने
१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, ११ वर्षभित्र फिर्ता गरिसक्ने
बागमती नदी कोरिडोरलाई सफा राख्न मन्त्री घिसिङको निर्देशन
बागमती नदी कोरिडोरलाई सफा राख्न मन्त्री घिसिङको निर्देशन
काठमाडौँ महानगरले प्रदान गर्ने छात्रवृत्तिका लागि विद्यार्थीको सूची सार्वजनिक
काठमाडौँ महानगरले प्रदान गर्ने छात्रवृत्तिका लागि विद्यार्थीको सूची सार्वजनिक
जापानको रेल स्टेसनमा छुरा प्रहार गर्ने एक जना पक्राउ
जापानको रेल स्टेसनमा छुरा प्रहार गर्ने एक जना पक्राउ
जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकाल र कोषाध्यक्ष थापाविरुद्ध भ्रष्टाचार मुद्दा
जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकाल र कोषाध्यक्ष थापाविरुद्ध भ्रष्टाचार मुद्दा
नाउपाले आजै सरकार छोड्ने, राज्यमन्त्री चौधरीले राजीनामा दिँदै
नाउपाले आजै सरकार छोड्ने, राज्यमन्त्री चौधरीले राजीनामा दिँदै