भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगरौँः सांसद सिंह

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २२, २०८२
|
|
६७ पटक हेरिएको
Shares
भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगरौँः सांसद सिंह

सारांश

  •   प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले आम्दानी नहुने स्थानमा लगानी गर्न नहुने बताउनुभएको छ ।
  • आईतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
  • उहाँले वैदेशिक ऋण लिएर आम्दानी नहुने ठाउँमँ लगानी गर्न उचित नरहेको बताउनु भयो ।

२२ असार, काठमाडौं । 

प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले आम्दानी नहुने स्थानमा लगानी गर्न नहुने बताउनुभएको छ । आईतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वैदेशिक ऋण लिएर आम्दानी नहुने ठाउँमँ लगानी गर्न उचित नरहेको बताउनु भयो । उहाँले जनसंख्याका आधारमा भौतिक पूर्वाधारहरुको निर्माण गर्न जरुरी रहेको बताउनु भयो । उहाँले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलहरु बनेको तर प्रयोगमा आउन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो ।

भैरहवा र पोखराको एयरपोर्टमा धेरै अनियमितता भएको भन्दै अनुसन्धानको माग गर्नुभयो । भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगर्न आग्रह गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘मधेस प्रदेशमा त्यत्रो जनसंख्या छ तर त्यहाँ एयरपोर्ट छैन ।  भैरहवामा छ, एउटै प्रदेशमा दुई वटा बनेका छन् । तर प्रयोग हुन सकेको छैन । भैरहवा र पोखराको एयरपोर्टमा धेरै अनियमितता भएको छ । विमानस्थलहरुलाई अलिकति सही ढंगले सदुपयोग हुने बनाउनुपर्छ । विदेशीको ऋण लिन्छौँ भने त्यसबाट इन्कम हुनुप¥यो नि । ऋण भ्रष्टाचार गर्नका लागि मात्रै लिने परिपाटी छ, त्यसमा समितिमार्फत ध्यानाकर्षण गराउँछु । जहाँ धेरै जनता छन् त्यही संरचनाहरु निर्माण गर्नुपर्छ । आम्दानी नहुने ठाउँमा लगानी नगरौँ ।’सांसद सिंहले नागरिक धेरै भएको ठाउँमा नै संरचनाहरु बढी बनाउँदा प्रयोग बढी हुने जिकिर गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशस्त्रका ३ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस
सशस्त्रका ३ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस
‘पुराना दलले क्रान्तिकारी छवि बचाउन सकेनन्’ : जनार्दन शर्मा
‘पुराना दलले क्रान्तिकारी छवि बचाउन सकेनन्’ : जनार्दन शर्मा
उद्योग वाणिज्य महासंघको अध्यक्षमा अन्जन श्रेष्ठ : को को छन नयाँ कार्यसमितीमा ?
उद्योग वाणिज्य महासंघको अध्यक्षमा अन्जन श्रेष्ठ : को को छन नयाँ कार्यसमितीमा ?
माइतिघरमा धर्नारत आरती साहकी आमा, बुबा र भाइ प्रहरीद्वारा पक्राउ
माइतिघरमा धर्नारत आरती साहकी आमा, बुबा र भाइ प्रहरीद्वारा पक्राउ
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
सबैको साथले क्रिकेटको माध्यमबाट नेपाललाई चिनाउने छौँ : करण केसी
सबैको साथले क्रिकेटको माध्यमबाट नेपाललाई चिनाउने छौँ : करण केसी
मधेस प्रदेशसभा बैठकमा भएका निर्णय कार्यान्वयन नभएकोप्रति आपत्ति
मधेस प्रदेशसभा बैठकमा भएका निर्णय कार्यान्वयन नभएकोप्रति आपत्ति
विदेशमा पढ्न नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
विदेशमा पढ्न नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
महायज्ञ गर्ने भन्दै एक दलित परिवारको घर भत्काउने घटनाका दोषीलाई कारबाही गर्न माग
महायज्ञ गर्ने भन्दै एक दलित परिवारको घर भत्काउने घटनाका दोषीलाई कारबाही गर्न माग
बाघको आक्रमणबाट पर्सामा ६० वर्षीय वृद्धको मृत्यु
बाघको आक्रमणबाट पर्सामा ६० वर्षीय वृद्धको मृत्यु