प्रदर्शनीयुक्त लोकसंस्कृतिमा केन्द्रित ‘संस्कृति अध्ययन’ जर्नलको नयाँ अङ्क आउँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २, २०८२
|
|
४१ पटक हेरिएको
Shares
प्रदर्शनीयुक्त लोकसंस्कृतिमा केन्द्रित ‘संस्कृति अध्ययन’ जर्नलको नयाँ अङ्क आउँदै

सारांश

  • सांस्कृतिक संस्थानको जर्नल ‘संस्कृति अध्ययन’ वर्ष २, अङ्क २ को तयारी सुरु भएको छ ।
  • जर्नलको वर्ष २, अङ्ग २, २०८३ को लागि सम्पादन तर्फको जिम्मेवारी संस्कृतिविद् द्वय भोगीराज चाम्लिङ र गुरुङ सुशान्तलाई प्रदान गरिएको छ ।
  • विज्ञ समिक्षित सहितको उक्त जर्नलमा नेपालको प्रदर्शनीयुक्त मौलिक लोकसंस्कृतिलाई केन्द्रविन्दूमा राखेर विभिन्न विद्वानहरूका शोधलेख समेटिने छ ।

२ पुस,काठमाडौं ।

सांस्कृतिक संस्थानको जर्नल ‘संस्कृति अध्ययन’ वर्ष २, अङ्क २ को तयारी सुरु भएको छ । जर्नलको वर्ष २, अङ्ग २, २०८३ को लागि सम्पादन तर्फको जिम्मेवारी संस्कृतिविद् द्वय भोगीराज चाम्लिङ र गुरुङ सुशान्तलाई प्रदान गरिएको छ । विज्ञ समिक्षित सहितको उक्त जर्नलमा नेपालको प्रदर्शनीयुक्त मौलिक लोकसंस्कृतिलाई केन्द्रविन्दूमा राखेर विभिन्न विद्वानहरूका शोधलेख समेटिने छ ।

नेपालको संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुकूल जर्नल त्रिभाषिक हुनेछ । जहाँ नेपालको सम्पर्क भाषा खस–नेपाली, नेपाली मातृभाषाहरू र अन्तर्राष्ट्रिय सम्पर्क भाषा अङ्ग्रेजीमा लेखिएका शोध सामग्री समावेश गरिनेछ । सात प्रदेशको प्रतिनिधित्व हुने गरी बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता भित्र एकताको सन्देश प्रवाह हुने गरी प्रदर्शनीयुक्त कलालाई प्राथमिकता दिई लेख समावेश गरिनेछ ।
सांस्कृतिक संस्थानले ‘५३ औं वार्षिकोत्सव समारोह, २०८२’ मार्फत सजीव कला संरक्षण, संवद्र्धन, प्रवद्र्धन तथा दस्तावेजीकरणका लागि (आइएसएसएन) मान्यता प्राप्त वर्ष १, अङ्क १, असार २०८२, ‘संस्कृति अध्ययन’ नामक प्रदर्शनीयुक्त कला विषयक अनुसन्धनात्मक वार्षिक जर्नल पहिलोपटक प्रकाशनमा ल्याएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्री बानियाँद्वारा बकैया गाउँपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन
मुख्यमन्त्री बानियाँद्वारा बकैया गाउँपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन
विपद व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बस्दै, राहत वितरणसहित ९ एजेण्डा तय
विपद व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बस्दै, राहत वितरणसहित ९ एजेण्डा तय
राष्ट्रिय टोलीका लागि इशानको लगातार दोस्रो अर्धशतक
राष्ट्रिय टोलीका लागि इशानको लगातार दोस्रो अर्धशतक
नेताहरूको मानसिकताले संघीयतामाथि प्रश्न उठ्यो: सञ्चारमन्त्री गुरुङ
नेताहरूको मानसिकताले संघीयतामाथि प्रश्न उठ्यो: सञ्चारमन्त्री गुरुङ
१४ वर्षदेखि अलपत्र पारिएको कन्काई पुलको निरीक्षणमा पुगे कुलमान
१४ वर्षदेखि अलपत्र पारिएको कन्काई पुलको निरीक्षणमा पुगे कुलमान
‘मोबाईल ग्यारेज’ एप सार्वजनिक, सवारी मर्मत अब सजिलो
‘मोबाईल ग्यारेज’ एप सार्वजनिक, सवारी मर्मत अब सजिलो
माओवादीले कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड दिने
माओवादीले कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड दिने
विराटनगरमा एमाले प्रतिनिधि छनोटमा विवाद, पर्शुराम बस्नेतमाथि हातपात
विराटनगरमा एमाले प्रतिनिधि छनोटमा विवाद, पर्शुराम बस्नेतमाथि हातपात
कानूनमन्त्रीसहित रास्वपा र राप्रपासँग सभामुखको छलफल, तर भएन सहमति
कानूनमन्त्रीसहित रास्वपा र राप्रपासँग सभामुखको छलफल, तर भएन सहमति
हवाई साधनमार्फत २३ जनाको उद्धार
हवाई साधनमार्फत २३ जनाको उद्धार