गौतमबुद्ध विमानस्थलः अन्तर्राष्ट्रिय उडानमा ग्रीन सिग्नल, कार्यालय नहुँदा पूर्णफेजमा समस्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २३, २०८१
|
|
२६ पटक हेरिएको
Shares
गौतमबुद्ध विमानस्थलः अन्तर्राष्ट्रिय उडानमा ग्रीन सिग्नल, कार्यालय नहुँदा पूर्णफेजमा समस्या

सारांश

  • २०८१ जेठ २ गतेबाट जजिरा एयरलाइन्सले अन्तराष्ट्रिय उडान शुरु गरेको देशकै दोस्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हाल चार वटा विमानहरुले उडान भर्दै आएका छन् ।
  • शुरुआती उडान भरेको जजिरा एयरलाइन्सले अहिले पनि उडान भर्दै आएको छ ।
  • २०७४ जेठ १९ गतेभित्र निर्माणकार्य गरिसक्ने गरी निर्माण शुरु गरिएको आयोजना ढिलो निर्माण भए पनि लामो समयसम्म अन्तर्राष्ट्रिय उडान नहुँदा यसअघि विमानस्थलको आन्तरिक खर्च र एसियाली विकास बैंक (एडीबी) को लगानी ब्याजसमेत तिर्न नसक्ने अवस्थामा पुगेको थियो ।

 

लुम्बिनी । २०८१ जेठ २ गतेबाट जजिरा एयरलाइन्सले अन्तराष्ट्रिय उडान शुरु गरेको देशकै दोस्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हाल चार वटा विमानहरुले उडान भर्दै आएका छन् । शुरुआती उडान भरेको जजिरा एयरलाइन्सले अहिले पनि उडान भर्दै आएको छ । २०७४ जेठ १९ गतेभित्र निर्माणकार्य गरिसक्ने गरी निर्माण शुरु गरिएको आयोजना ढिलो निर्माण भए पनि लामो समयसम्म अन्तर्राष्ट्रिय उडान नहुँदा यसअघि विमानस्थलको आन्तरिक खर्च र एसियाली विकास बैंक (एडीबी) को लगानी ब्याजसमेत तिर्न नसक्ने अवस्थामा पुगेको थियो ।

६ अर्ब २२ करोड ५१ लाख ३० हजार दुईसय २७ रुपैयाँ ९१ पैसा लागतमा नर्थ बेष्टले ठेक्का पाए पनि विभिन्न समयमा भेरियसन हुँदा उक्त ठेक्का सात अर्बको लगानीमा विमानस्थल बन्न पुगेको हो । घरपायकमा विमानस्थल बनेपछि पश्चिम क्षेत्रका नागरिकहरुलाई काठमाडौँ जानुपर्ने बाध्यताबाट निकै सहज भएको र पूर्णफेजमा सञ्चालन गर्नका लागि विभिन्न ट्राभल्स एजेन्सीहरुसँग संवाद र समन्वय भइरहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाका महाप्रवन्धक प्रतापबाबु तिवारीले बताए ।  उनले घर नजिकै विमानस्थलमा विदेशबाट आउन पाउँदा यात्रुहरुले खुशी व्यक्त गर्ने गरेको बताउँदै पछिल्लो समय निजी एयरलाइन्सहरुले इच्छा जगाउँदै आएको उल्लेख गरे ।

दिनप्रतिदिन यात्रुहरुको संख्या बढ्दै गएको जनाउँदै महाप्रवन्धक तिवारीले नयाँ विमानस्थललाई सुन तस्करहरुले प्रयोग गर्न खोजेपनि सुरक्षा व्यवस्थालाई कडा बनाइएको र तस्करी कार्यलाई निरुत्साहित गर्नेगरी संयन्त्र तयार गरिको जिकिर गरे ।  गौतमबुद्ध विमानस्थलले विशेषगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकहरुलाई सहज बनाउने र थाई एयर एसिया लगायतले विशेष अफर दिएकाले काठमाडौंबाट भैरहवा आएर यात्रुहरु उडेको महाप्रवन्धक तिवारीले बताए । विमानस्थलमा चारवटा अन्तराष्ट्रिय उडान भए पनि आम्दानी नगरेको र थप विजनेशको खोजीमा रहेको जनाइएको छ ।  बुटवलमा पर्यटन व्यवसायी माधव ढकालले देशको दोस्रो अन्तराष्ट्रिय विमानस्थन बनाउँदा राज्यको अर्बाैं लागनी भएकाले यसलाई पूर्णरुपमा सञ्चालनमा ल्याउनका

लागि भैरहवामा श्रम कार्यालय, विभिन्न म्यानपावर कम्पनीलगायत आवश्यक कार्यालयहरु स्थापना गर्नुपर्ने माग गर्दै जिल्लामा निजी क्षेत्रबाट पनि पर्यटन क्षेत्रमा करोडौँ लागनी भएर ठुलठूला संरचनाहरु तयारी भइसकेकाले कार्यालय नभएकै कारण आमनागरिकहरु काठमाडौँ जानुपर्ने बाध्यता कायमै रहेको दुःखेसो पोखे । गत कार्तिक महिनामा ४ हजार दुई सय ७९ जना, मंसिरमा ३ हजार आठ सय ७८ जना, पुसमा १ हजार तीन सय ६५ जना र माघमा सबैभन्दा धेरै ६ हजार सात सय ७९ जना गरी कूल १६ हजार तीन सय एक जना यात्रुहरु आवागमन गरेको विमानस्थलले दिएको तथ्यांकले देखाएको छ । ट्रान्जिट रुपमा भने ४ हजार नौ सय ३२ जना रहेका छन् । सोमबार, बुधबार र शुक्रबार काठमाडौँ-भैरहवा-दुबई नेपाल एयरलाइन्सले उडान भर्ने गरेको छ भने फ्लाई दुवईले दैनिक दुबई-भैरहवा-काठमाडौँ उडान भर्ने गरेको छ । जजिराले मंगलबार, विहीबार, शनिबार कुवेत-भैरहवा-कुवेत र थाई एयर एसियाले सोमबार र बिहीवार बैंकक-भैरहवा-बैंकक उडान भर्दै आएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्य हालसम्मकै उच्च, तोलामै डेढ लाख पुग्यो
सुनको मूल्य हालसम्मकै उच्च, तोलामै डेढ लाख पुग्यो
जुवा खेलेको भन्दै नुवाकोटको होटलबाट २२ जना पक्राउ, करिब ११ लाख बरामद
जुवा खेलेको भन्दै नुवाकोटको होटलबाट २२ जना पक्राउ, करिब ११ लाख बरामद
सर्लाहीमा बसले भ्यानलाई ठक्कर दिँदा एक जनाको मृत्यु, ८ घाइते
सर्लाहीमा बसले भ्यानलाई ठक्कर दिँदा एक जनाको मृत्यु, ८ घाइते
नवनियुक्त राज्यमन्त्रीको शपथ ग्रहण आज
नवनियुक्त राज्यमन्त्रीको शपथ ग्रहण आज
जेठ १५ गते उच्च सतर्कता अपनाउन प्रहरी प्रमुखको निर्देशन
जेठ १५ गते उच्च सतर्कता अपनाउन प्रहरी प्रमुखको निर्देशन
मिटरब्याज पीडित र सरकारीबिच आजै सम्झौता पत्रमा हस्ताक्षरको तयारी
मिटरब्याज पीडित र सरकारीबिच आजै सम्झौता पत्रमा हस्ताक्षरको तयारी
एनपीएलमा विवेक यादवको पहिलो अर्धशतक
एनपीएलमा विवेक यादवको पहिलो अर्धशतक
आत्मालोचना गर्दै विश्वप्रकाशले भने- देउवा, ओली र प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्छ
आत्मालोचना गर्दै विश्वप्रकाशले भने- देउवा, ओली र प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्छ
नागार्जुनका मेयर बस्नेतविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर
नागार्जुनका मेयर बस्नेतविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर
सुनवलमा कोदालो प्रहार गरी आफ्नै बुबा र छिमेकीको ह*त्या
सुनवलमा कोदालो प्रहार गरी आफ्नै बुबा र छिमेकीको ह*त्या