Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १३, २०८१
|
|
३८ पटक हेरिएको
Shares
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ

सारांश

  • नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा बिहीबार पेसी तोकिएको छ ।
  • रायमाझीसहित टेकनारायण पाण्डे, आङटावा शेर्पा, शमशेर मिया, केशवप्रसाद दुलाल, सन्देश शर्मा, गोविन्द कुमार चौधरी, सागर राई, डा.
  • इन्द्रजित राई, सानु भण्डारीसहितले रिट निवेदन दिएका हुन् ।

१३ वैशाख, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा बिहीबार पेसी तोकिएको छ ।

रायमाझीसहित टेकनारायण पाण्डे, आङटावा शेर्पा, शमशेर मिया, केशवप्रसाद दुलाल, सन्देश शर्मा, गोविन्द कुमार चौधरी, सागर राई, डा. इन्द्रजित राई, सानु भण्डारीसहितले रिट निवेदन दिएका हुन् । न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा रहेको सो मुद्दा चैत २५ देखि ‘हेर्दाहेर्दै’ मा छ ।

उक्त रिटमाथि वैशाख ९ र वैशाख १० गते पनि सुनुवाइ भएको थियो । उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि रायमाझीसहितका प्रतिवादीहरूले सर्वोच्च अदालतमा पुनरावेदन गरेका हुन् ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?