सेप्टिक ट्यांकीमा भेटियो पत्रकारको शव

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष २०, २०८१
|
|
२१ पटक हेरिएको
Shares
सेप्टिक ट्यांकीमा भेटियो पत्रकारको शव

सारांश

  • भारतीय सञ्चारमाध्यमका अनुसार जनवरी १ गते रातिदेखि घरबाटै बेपत्ता ३३ वर्षीय मुकेश जनवरी ३ अर्थात् शुक्रबार मृत फेला परेका हुन्।
  • मुकेश चन्द्रकार ‘एनडीटीभी’मा स्वतन्त्र पत्रकारका रूपमा काम गर्थे।
  • साथै उनले युट्युबमा लोकप्रिय च्यानल ‘बस्तर जंक्सन’ पनि सञ्चालन गरेका थिए, जसमा उनले बस्तरको आन्तरिक समाचार प्रसारण गर्थे।

 

२० पुस काठमाडौँ,  :माओवादी प्रभावित भारतीय राज्य छत्तीसगढको बिजापुरका टीभी पत्रकार मुकेश चन्द्राकारको शव सेप्टिक ट्यांकीमा फेला परेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार जनवरी १ गते रातिदेखि घरबाटै बेपत्ता ३३ वर्षीय मुकेश जनवरी ३ अर्थात् शुक्रबार मृत फेला परेका हुन्।

मुकेश चन्द्रकार ‘एनडीटीभी’मा स्वतन्त्र पत्रकारका रूपमा काम गर्थे। साथै उनले युट्युबमा लोकप्रिय च्यानल ‘बस्तर जंक्सन’ पनि सञ्चालन गरेका थिए, जसमा उनले बस्तरको आन्तरिक समाचार प्रसारण गर्थे। मुकेशले बस्तरमा माओवादीद्वारा अपहरण गरिएका प्रहरी वा गाउँलेको रिहाइमा धेरैपटक महत्त्वपूर्ण भूमिका खेलेका थिए।बिजापुर प्रहरीले जारी गरेको विज्ञप्तिअनुसार तीन जनालाई पक्राउ गरिएको छ तर उनीहरूको नाम खुलाइएको छैन।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?