Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मतपत्र छपाइको तयारीमा जुट्यो निर्वाचन आयोग

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १५, २०८२
|
|
८२ पटक हेरिएको
Shares
मतपत्र छपाइको तयारीमा जुट्यो निर्वाचन आयोग

सारांश

  • निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ प्रक्रिया अघि बढाएको छ ।
  • सुरुमा समानुपातिकतर्फको र त्यसपछि प्रत्यक्षतर्फको मतपत्र छापिने छ ।
  • भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छापिने छ ।

 

१५ पुस, काठमाडौं ।

निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ प्रक्रिया अघि बढाएको छ । सुरुमा समानुपातिकतर्फको र त्यसपछि प्रत्यक्षतर्फको मतपत्र छापिने छ । भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छापिने छ । निर्वाचन आयोगले यसअघि नै पुस १६ गतेदेखि मतपत्र छाप्ने तालिका निर्धारण गरेको थियो । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले समानुपातिकतर्फ भाग लिने राजनीतिक दल र निर्वाचन चिह्न निश्चित भइसकेकाले सुरुमा समानुपातिकको मतपत्र छाप्ने बताए ।

‘५८ दल र ६४ चुनाव चिह्न एकिन भइसकेकाले सुरुमा समानुपातिकको मतपत्र छाप्ने काम हुन्छ,’ उनले भने । फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कुल १ करोड ९० लाख ५ हजार ३२४ मतदाता नामावली संकलन तथा अद्यावधिक गरिएको छ । समानुपातिकतर्फ कुल मतदाताको १० प्रतिशत अतिरिक्त मतपत्र छाप्ने आयोगको नीति छ । समानुपातिकको मतपत्र छाप्ने काम २० देखि ३० दिन लाग्ने अनुमान छ । समानुपातिकको मतपत्र छापिसकेपछि प्रत्यक्षतर्फको मतपत्र छाप्ने काम सुरु हुनेछ । प्रत्यक्षतर्फको मतपत्र हरेक निर्वाचन क्षेत्र अनुुसार फरक फरक हुनेछ । ‘निर्वाचन क्षेत्र अनुसार दलको सहभागिता र निर्वाचन चिह्न फरक–फरक हुने भएकाले मतपत्र पनि सोही अनुसार छाप्नुपर्ने सहायक प्रवक्ता जीसीले बताए । प्रत्यक्षतर्फको मतपत्र छाप्ने काम भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेपछि सुरु हुने उनले बताए

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा.केसीको उपचार व्यवस्था सुदृढ बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
डा.केसीको उपचार व्यवस्था सुदृढ बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
निजगढमा दु*ई मोटरसाइकल ठोक्किँदा दु*ई युवकको मृ*त्यु
निजगढमा दु*ई मोटरसाइकल ठोक्किँदा दु*ई युवकको मृ*त्यु
पर्वतमा ‘ब्रेक फेल’ भएर जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते
पर्वतमा ‘ब्रेक फेल’ भएर जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते
६६ वर्षीया वृद्धा बलात्कार आरोपमा एक जना पक्राउ
६६ वर्षीया वृद्धा बलात्कार आरोपमा एक जना पक्राउ
कांग्रेसको संस्थापनइतर समूहको बैठक आजदेखि
कांग्रेसको संस्थापनइतर समूहको बैठक आजदेखि
हरिपुरमा प्रमुख प्रशासकीय अधिकृत महतो हाजिर, नगर प्रमुखले गरे स्वागत
हरिपुरमा प्रमुख प्रशासकीय अधिकृत महतो हाजिर, नगर प्रमुखले गरे स्वागत
मधेशका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने
मधेशका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने
एमालेका ७० नेता कार्यकर्ताद्वारा सामूहिक राजीनामा,
एमालेका ७० नेता कार्यकर्ताद्वारा सामूहिक राजीनामा,
भारतीय विदेश सचिव मिस्रीद्वारा नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल र ५ सैनिक घोडा उपहार
भारतीय विदेश सचिव मिस्रीद्वारा नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल र ५ सैनिक घोडा उपहार
प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने
प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने