प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ १८, २०८१
|
|
२२ पटक हेरिएको
Shares
प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने

सारांश

  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएर संसदको सामना गर्ने भएका छन् ।
  • नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ समीकरण बनाउने सहमति गरेपछि मंगलबार बिहान बालुवाटारमा बसेको माओवादीको आकस्मिक पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने बताएका हुन् ।
  • बैठकपछि पार्टी सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीले राजीनामा नदिने र विश्वास मतको सामना गर्ने निष्कर्ष निकालिएको जानकारी दिए।

 

१८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएर संसदको सामना गर्ने भएका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ समीकरण बनाउने सहमति गरेपछि मंगलबार बिहान बालुवाटारमा बसेको माओवादीको आकस्मिक पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने बताएका हुन् । बैठकपछि पार्टी सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीले राजीनामा नदिने र विश्वास मतको सामना गर्ने निष्कर्ष निकालिएको जानकारी दिए। ‘प्रधानमन्त्रीले गलेर छोड्ने कुरा भएन । विश्वास मत लिने धारणा बनाउनुभएको छ,’ पौडेलले भने, ‘कांग्रेस, रास्वपा, एमालेलगायत दलसँग पनि संवाद गर्ने कुरा भएको छ ।’ प्रधानमन्त्रीले विश्वास मत प्राप्त गर्न नसके प्रतिपक्षमा बसेर आफ्ना एजेन्डा उठाइरहने पनि उनले बताए । उनले कांग्रेस र एमालेबीच भएको भनिएको सहमतिमा के विषयमा संविधान संशोधन गर्ने हो भन्ने कुरा आफूहरूले बुझ्न बाँकी रहेको बताए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?