एमालेका ७० नेता कार्यकर्ताद्वारा सामूहिक राजीनामा,

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख ७, २०८२
|
|
५० पटक हेरिएको
Shares
एमालेका ७० नेता कार्यकर्ताद्वारा सामूहिक राजीनामा,

सारांश

  •   नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश लेखा कमिटी सदस्य बालागिरी कुँवरसहित ७० नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्।
  • एक विज्ञप्तीमार्फत उनले ३५ वर्ष लामो पार्टी यात्रा त्याग्दै मातृभूमि जागरण अभियानमा सहभागी हुने घोषणा गरेको घोषणा गरेका छन्।
  •  २०३६ सालदेखि बहुदलीय व्यवस्थाका लागि सुरु भएको आफ्नो राजनीतिक यात्रा २०४६ को परिवर्तन, जनयुद्धको कठिन समय, र डा.

७ वैशाख, काठमाडौं । 

नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश लेखा कमिटी सदस्य बालागिरी कुँवरसहित ७० नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। एक विज्ञप्तीमार्फत उनले ३५ वर्ष लामो पार्टी यात्रा त्याग्दै मातृभूमि जागरण अभियानमा सहभागी हुने घोषणा गरेको घोषणा गरेका छन्। २०३६ सालदेखि बहुदलीय व्यवस्थाका लागि सुरु भएको आफ्नो राजनीतिक यात्रा २०४६ को परिवर्तन, जनयुद्धको कठिन समय, र डा. भीम रावलको नेतृत्वमा चलेको शान्ति अभियान हुँदै विभिन्न चुनौतीपूर्ण क्षणहरूबाट गुज्रिएको स्मरण पनि उनले गरेका छन्।

दुई पटक (२०५४ र २०७४) वडा अध्यक्षको जिम्मेवारी सम्हाल्दै जनमुखी विकास निर्माणमा योगदान गरेका कुँवरले समाजवाद र साम्यवादको सपना बोकेर जनताको घरदैलोमा पुगे पनि त्यस्तो नभएको गुनासो गरेका छन्।  एमाले अध्यक्ष केपी शर्मा ओलीको गुटबन्दी, निरङ्कुश कार्यशैली, पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभाव, भ्रष्टाचारमा संलग्न नेताहरूलाई संरक्षण, र जनवादी मूल्यहरूको अवमूल्यनले आफू पार्टी छोड्ने निर्णयमा पुगेको उनीसहितका नेताहरूले जारी गरेको वक्तव्यमा उल्लेख छ।

नेता रावल संयोजक रहेको मातृभूमि जागरण अभियानले भ्रष्टाचारको अन्त, राष्ट्रियता संरक्षण, सुशासन, र समृद्ध नेपालको परिकल्पना साकार पार्ने लक्ष्य राखेको पनि उल्लेख गरिएको छ। उनले इमानदार नेता, कार्यकर्ता, र जनतालाई यो अभियानमा सहभागी भई वैकल्पिक शक्तिको रूपमा स्थापित गर्न अपिल गरेका छन्। रावलको अभियानमा एकीकृत समाजवादीबाट पनि ५ जना जोडिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युक्रेनको सीमाछेउ पुल भत्किँदा रुसमा सात जनाको मृ*त्यु, दर्जनौँ घाइते
युक्रेनको सीमाछेउ पुल भत्किँदा रुसमा सात जनाको मृ*त्यु, दर्जनौँ घाइते
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
म्यानमारमा सैनिक हवाई आक्रमणमा ११ सर्वसाधारणको मृत्यु
म्यानमारमा सैनिक हवाई आक्रमणमा ११ सर्वसाधारणको मृत्यु
विपक्षीको बहिष्कारबीच मधेशको बजेट पारित
विपक्षीको बहिष्कारबीच मधेशको बजेट पारित
श्रीमतीको हत्या, श्रीमान प्रहरीको नियन्त्रणमा
नेकपा बहुमतका दुई नेता पार्टीबाट निष्कासित
नेकपा बहुमतका दुई नेता पार्टीबाट निष्कासित
जितलाई निरन्तरता दिने लक्ष्यमा कर्णाली र विराटनगर
जितलाई निरन्तरता दिने लक्ष्यमा कर्णाली र विराटनगर
युवा नेता दिपेशले गरे सराहनीय कार्य अलपत्र शवलाई नेपाल ल्याए।
युवा नेता दिपेशले गरे सराहनीय कार्य अलपत्र शवलाई नेपाल ल्याए।
काठमाडौं महानगरपालिकामा रिक्त २७ प्रहरी सहायक निरीक्षक दरबन्दी व्यवस्थित गर्न जोड
काठमाडौं महानगरपालिकामा रिक्त २७ प्रहरी सहायक निरीक्षक दरबन्दी व्यवस्थित गर्न जोड
भिजिट भिसा प्रकरणमा सत्तापक्षले छानबिन गर्ने प्रतिबद्धता जनाएको छ : प्रचण्ड
भिजिट भिसा प्रकरणमा सत्तापक्षले छानबिन गर्ने प्रतिबद्धता जनाएको छ : प्रचण्ड