राष्ट्रियसभा निर्वाचनका लागि ७ निर्वाचन अधिकृतको नियुक्ति

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष १२, २०८०
|
|
३० पटक हेरिएको
Shares
राष्ट्रियसभा निर्वाचनका लागि ७ निर्वाचन अधिकृतको नियुक्ति

सारांश

  • राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
  • सात प्रदेश राजधानीमा हुने निर्वाचनका लागि प्रदेश राजधानी रहेको जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको जिम्मा दिइएको छ ।
  • आयोगले जारी गरेको सूचना अनुसार कोशीमा मोरङ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुंगेल निवाचन अधिकृत छन् ।

१२ पुस, काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

सात प्रदेश राजधानीमा हुने निर्वाचनका लागि प्रदेश राजधानी रहेको जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको जिम्मा दिइएको छ । आयोगले जारी गरेको सूचना अनुसार कोशीमा मोरङ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुंगेल निवाचन अधिकृत छन् । त्यस्तै मधेशमा धनुषा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सुवेदी, बागमतीमा मकवानपुरका जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्की, गण्डकीमा कास्की जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बास्तोला निर्वाचन अधिकृत बनेका छन् ।

लुम्बिनीमा दाङ जिल्ला अदालतका न्यायाधीश कृपासुर कार्की, कर्णालीमा सुर्खेत जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अर्याल र सुदूरपश्चिममा कैलाली जिल्ला अदालतका न्यायाधीश ओमप्रसाद अर्याल निर्वाचन अधिकृत बनेका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनीहरुको नियुक्ति पुस १६ गतेदेखि लागू हुने आयोगको भनाइ छ । उनीहरुले १६ गते नै सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्नेछ ।

हेर्नुहोस् निर्वाचन आयोगको सूचना

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बाराको बिभिन्न नाका घुमुवा परिचालन
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बाराको बिभिन्न नाका घुमुवा परिचालन
चीनमा १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ बैंकरलाई मृ*त्युदण्ड
चीनमा १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ बैंकरलाई मृ*त्युदण्ड
सामाजिक सञ्जाल बिरूद्व प्रभु साहको पार्टीले भोलि पोखरामा आन्दोलन गर्ने
सामाजिक सञ्जाल बिरूद्व प्रभु साहको पार्टीले भोलि पोखरामा आन्दोलन गर्ने
महानगरपालिकाले महसुल नतिरेपछि खानेपानी धाराको लाइन काट्ने तयारी
महानगरपालिकाले महसुल नतिरेपछि खानेपानी धाराको लाइन काट्ने तयारी
नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध
नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध
युक्रेनविरूद्धको युद्धमा एक सय उत्तर कोरियाली सैनिकको मृत्यु : दक्षिण कोरिया
युक्रेनविरूद्धको युद्धमा एक सय उत्तर कोरियाली सैनिकको मृत्यु : दक्षिण कोरिया
मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता, पेसी बुधबार
मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता, पेसी बुधबार
भैरहवा लैजान रवि लामिछानेलाई विमानस्थल लगियो
भैरहवा लैजान रवि लामिछानेलाई विमानस्थल लगियो
नेप्सेमा २६.५१ अंकको गिरावट, करोबार रकममा भने वृद्धि
नेप्सेमा २६.५१ अंकको गिरावट, करोबार रकममा भने वृद्धि