मोरङमा छात्राहरुमाथि दुर्व्यवहार गरेको आरोपमा ३ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ४, २०८३
|
|
२६८ पटक हेरिएको
Shares
मोरङमा छात्राहरुमाथि दुर्व्यवहार गरेको आरोपमा ३ जना पक्राउ

सारांश

  • मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालय (मावि)मा अध्ययनरत छात्राहरुलाई दुर्व्यवहार गरेको आरोपमा विद्यालयका दुई जना शिक्षक र एक जना सवारी चालकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा सुन्दरहरैँचा–१० का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैँचा–२ का ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैँचा–१२ का ३५ वर्षीय अबिरल मास्के रहेको प्रहरीले जनाएको छ ।
  • छात्राहरुमाथि दुर्व्यवहार गरेको आरोपमा विद्यार्थीहरूले विरोध प्रदर्शनको तयारी गरेपछि उनीहरुलाई प्रहरीले जनाएको छ ।

४ साउन,  विराटनगर ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालय (मावि)मा अध्ययनरत छात्राहरुलाई दुर्व्यवहार गरेको आरोपमा विद्यालयका दुई जना शिक्षक र एक जना सवारी चालकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैँचा–१० का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैँचा–२ का ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैँचा–१२ का ३५ वर्षीय अबिरल मास्के रहेको प्रहरीले जनाएको छ ।

छात्राहरुमाथि दुर्व्यवहार गरेको आरोपमा विद्यार्थीहरूले विरोध प्रदर्शनको तयारी गरेपछि उनीहरुलाई प्रहरीले जनाएको छ । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसारपक्राउ पर्नेमध्ये भट्टराई सोही विद्यालयका सवारी चालक तथा गच्छदार र मास्के शिक्षक हुन् । प्रहरीका अनुसार विद्यालयका केही छात्रालाई मोबाइलमार्फत व्यक्तिगत सन्देश (म्यासेज) पठाउने, परीक्षामा उत्तीर्ण गराइदिने आश्वासन दिने तथा अमर्यादित व्यवहार गरेको गरेका जानकारीमा आएपछि शिक्षक र सवारी चालकलाई पक्राउ गरिएको हो । छात्राहरुमाथि यौनजन्य दुर्व्यवहारसमेत हुन सक्ने आशंका गर्दै प्रहरीले अनुसन्धानको दायरा फराकिलो पारेको छ । डीएसपी मिश्रले घटनाको अनुसन्धान जारी रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टी पुनर्गठनका लागि महामन्त्री पद छाड्न तयार छु : गगन थापा
पार्टी पुनर्गठनका लागि महामन्त्री पद छाड्न तयार छु : गगन थापा
वि केयर वि क्यानको चौथो वार्षिक साधारण सभा सम्पन्न
वि केयर वि क्यानको चौथो वार्षिक साधारण सभा सम्पन्न
दाङकाे तुलसीपुरमा माइक्रोबस दुर्घटना हुँदा ६ जना घाइते
दाङकाे तुलसीपुरमा माइक्रोबस दुर्घटना हुँदा ६ जना घाइते
स्वास्थ्यमन्त्री बस्नेतद्वारा ‘पोइजन सूचना केन्द्र’ को उद्घाटन
स्वास्थ्यमन्त्री बस्नेतद्वारा ‘पोइजन सूचना केन्द्र’ को उद्घाटन
राजीनामापछि कुलमानको स्पष्ट सन्देशः ‘पद होइन, सिद्धान्त र जनता ठूलो’
राजीनामापछि कुलमानको स्पष्ट सन्देशः ‘पद होइन, सिद्धान्त र जनता ठूलो’
काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आज
प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक
प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक
जेनजी विद्रोह खेर जाँदैछ, पूराना अनुहारहरु फर्किदैछन् : घनश्याम भुसाल
जेनजी विद्रोह खेर जाँदैछ, पूराना अनुहारहरु फर्किदैछन् : घनश्याम भुसाल
काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न, १८.४८ प्रतिशत बजेट खर्च
काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न, १८.४८ प्रतिशत बजेट खर्च
३-४ दिनभित्रै बीपी राजमार्ग सुचारु गर्ने तयारीमा छौं : मन्त्री घिसिङ
३-४ दिनभित्रै बीपी राजमार्ग सुचारु गर्ने तयारीमा छौं : मन्त्री घिसिङ