Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

पहिरोका कारण अवरुद्ध कोदारी सडक भोलि बेलुकासम्म खुल्छ : सडक विभाग

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १६, २०८२
|
|
१२३ पटक हेरिएको
Shares
पहिरोका कारण अवरुद्ध कोदारी सडक भोलि बेलुकासम्म खुल्छ : सडक विभाग

सारांश

  • अरनिको राजमार्ग अन्तर्गत कोदारीमा पहिरो जाँदा अवरुद्ध बनेको सडक मंगलबार बेलुकासम्ममा खुल्ने सडक विभागले जनाएको छ ।
  • सडक डिभिजन चरिकोटले अवरोध हटाउने कार्य तीव्र गतिमा गरिरहेको विभागले जनाएको हो ।
  • ‘सडक डिभिजन चरिकोटको टोली कोदारीतर्फ अघि बढ्दै अवरोध हटाउने कार्य गरिरहेको छ र घट्टेखोला क्षेत्रमा मलबा (सडकमा खसेका ढुंगामाटो) सफा गर्ने कार्य प्रारम्भ भइसकेको छ,’ विभागले भनेको छ, ‘भोलि बेलुकासम्म सडक सुचारु गर्ने गरी कार्य अघि बढाई रहेको छ ।

१६ भदौ, काठमाडौँ ।

अरनिको राजमार्ग अन्तर्गत कोदारीमा पहिरो जाँदा अवरुद्ध बनेको सडक मंगलबार बेलुकासम्ममा खुल्ने सडक विभागले जनाएको छ । सडक डिभिजन चरिकोटले अवरोध हटाउने कार्य तीव्र गतिमा गरिरहेको विभागले जनाएको हो ।

‘सडक डिभिजन चरिकोटको टोली कोदारीतर्फ अघि बढ्दै अवरोध हटाउने कार्य गरिरहेको छ र घट्टेखोला क्षेत्रमा मलबा (सडकमा खसेका ढुंगामाटो) सफा गर्ने कार्य प्रारम्भ भइसकेको छ,’ विभागले भनेको छ, ‘भोलि बेलुकासम्म सडक सुचारु गर्ने गरी कार्य अघि बढाई रहेको छ ।’

गत साउन १८ गतेदेखि अवरुद्ध भएको यो सडक मर्मत पछि भदौ ५ गतेदेखि चालु भएको थियो । फेरि अविरल परेको वर्षाका कारण भदौ ८  गते यता पूर्ण रूपमा  अवरुद्ध बनेको छ । जसकारण अहिले तातोपानी नाका हुँदै आउने वस्तु बोकेका करिब १५ सय कन्टेनर रोकिएका छन् ।  कुहिने फलफूललगायतका वस्तु भरियाको सहायताबाट आयात गरिरहेको व्यवसायीहरूले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा. रञ्जित पञ्जियार रास्वपाबाट समानुपातिक सांसदका लागि सिफारिस
डा. रञ्जित पञ्जियार रास्वपाबाट समानुपातिक सांसदका लागि सिफारिस
रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा
रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा
झलनाथ खनालकी पत्नीको स्वास्थ्य बुझ्न प्रचण्ड र माधवकुमार डल्लु पुगे
झलनाथ खनालकी पत्नीको स्वास्थ्य बुझ्न प्रचण्ड र माधवकुमार डल्लु पुगे
पाँच दलसँग छलफलमा सभामुख
पाँच दलसँग छलफलमा सभामुख
मानवीय, जैविक र न्यायोचित आवश्यकताको सहज आपूर्ति हुनुपर्छ : प्रधानमन्त्री
मानवीय, जैविक र न्यायोचित आवश्यकताको सहज आपूर्ति हुनुपर्छ : प्रधानमन्त्री
रसुवाबाट २ किलो सुनसहित एक जना पक्राउ
रसुवाबाट २ किलो सुनसहित एक जना पक्राउ
कास्की अदालतले तोकेको धरौटी बदरको निवेदन लिएर उच्च पुगे रवि
कास्की अदालतले तोकेको धरौटी बदरको निवेदन लिएर उच्च पुगे रवि
जसपा नेपालको कोशी प्रदेश समितिको अधिवेशन आज
जसपा नेपालको कोशी प्रदेश समितिको अधिवेशन आज
५ हजार ३०० कोटाको लागि कोरियन भाषा परीक्षाको आवेदन खुल्यो
५ हजार ३०० कोटाको लागि कोरियन भाषा परीक्षाको आवेदन खुल्यो
प्रचण्डजीसँग संसद चलाउने कुरा गर्न खोजें, तर उहाँ चाहनु भएको छैन: प्रधानमन्त्री ओली
प्रचण्डजीसँग संसद चलाउने कुरा गर्न खोजें, तर उहाँ चाहनु भएको छैन: प्रधानमन्त्री ओली