५ हजार ३०० कोटाको लागि कोरियन भाषा परीक्षाको आवेदन खुल्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १९, २०८२
|
|
४५ पटक हेरिएको
Shares
५ हजार ३०० कोटाको लागि कोरियन भाषा परीक्षाको आवेदन खुल्यो

सारांश

  • रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुला भएको छ ।
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन फारम खुला गरेको हो ।
  • ईपीएसमार्फत कोरियामा नेपाली कामदार पठाउने प्रयोजनका लागि प्रथम चरणको भाषा परीक्षाका लागि आवेदन खुला गरिएको हो ।

१९ साउन, काठमाडौं।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुला भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन फारम खुला गरेको हो । ईपीएसमार्फत कोरियामा नेपाली कामदार पठाउने प्रयोजनका लागि प्रथम चरणको भाषा परीक्षाका लागि आवेदन खुला गरिएको हो । एचआरडी कोरियाले उत्पादनमूलक तथा कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदन माग गरेको हो ।

उक्त क्षेत्रको भाषा परीक्षामा पाँच हजार ३०० कोटा तोकिएको छ । जसमा तीन हजार ५०० उत्पादनमूलक क्षेत्र, एक हजार ८०० कृष तथा पशुपालन क्षेत्रको कोटा रहेको छ । एक व्यक्तिले एक वटा क्षेत्रमा मात्र फारम भर्न पाउनेछ । भाषा परीक्षाको उत्र्तिण परीक्षार्थीहरूले मात्र दोस्रो चरणको स्किल टेष्ट र कम्पिटेन्सी टेष्टमा सहभागी भएर उत्र्तिण भएपछि मात्रै रोजगार आवेदन फारम भर्ना पाउनेछन् ।

१८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन पाउनेछन् । त्यस्तै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गई गैह्र कानूनी रूपमा बसोबासगरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको हुनुपर्ने योग्यता रहेका छन् । आवदेन साउन २६ गतेदेखि ३१ गतेसम्म दिन सकिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई पालिकाबिच सीमाना विवाद
दुई पालिकाबिच सीमाना विवाद
सरकारले उद्योगी व्यवसायीहरुको सुरक्षा पहिलेभन्दा रचनात्मक तरिकाले दिन्छः गृहमन्त्री अर्याल
सरकारले उद्योगी व्यवसायीहरुको सुरक्षा पहिलेभन्दा रचनात्मक तरिकाले दिन्छः गृहमन्त्री अर्याल
पश्चिमी वायुको प्रभावका कारण देशका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना
पश्चिमी वायुको प्रभावका कारण देशका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना
मन्त्रिपरिषद् बैठकद्वारा प्रधानमन्त्रीले गर्ने चीन भ्रमण स्वीकृत
मन्त्रिपरिषद् बैठकद्वारा प्रधानमन्त्रीले गर्ने चीन भ्रमण स्वीकृत
आजको मौसम : तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना
आजको मौसम : तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना
प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा पक्राउ परेका युट्युबर छुटे
प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा पक्राउ परेका युट्युबर छुटे
आजको विनिमय दर, कुन मुद्राको भाउ कति ?
आजको विनिमय दर, कुन मुद्राको भाउ कति ?
तुइन खोला नजिक ढुंगा खस्दा मुग्लिन–नारायणगढ सडक बन्द
तुइन खोला नजिक ढुंगा खस्दा मुग्लिन–नारायणगढ सडक बन्द
सभामुखको क्षमतामाथि कांग्रेसले उठायो प्रश्न : तपाईं सरकारलाई उत्तरदायी बनाउन सक्नुहुन्न ?
सभामुखको क्षमतामाथि कांग्रेसले उठायो प्रश्न : तपाईं सरकारलाई उत्तरदायी बनाउन सक्नुहुन्न ?
भारतको बिहारमा डुंगा पल्टिँदा १४ जनाको मृ*त्यु, अधिकांश बालबालिका
भारतको बिहारमा डुंगा पल्टिँदा १४ जनाको मृ*त्यु, अधिकांश बालबालिका