Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

पालिका अध्यक्ष भोलनद्वारा सरकारी गाडी फिर्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक १७, २०८२
|
|
४४ पटक हेरिएको
Shares
पालिका अध्यक्ष भोलनद्वारा सरकारी गाडी फिर्ता

सारांश

  • सिन्धुलीको घ्याङ्लेख गाउँपालिका अध्यक्ष जगतबहादुर भोलनले आफूले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन गाउँपालिकामा फिर्ता गरेका छन् ।
  • उनले उक्त गाडी अबदेखि व्यक्तिगत प्रयोजनमा प्रयोग नगरी कार्यालयका नियमित काम र आपतकालीन प्रसूति सेवाका लागि मात्र प्रयोग गरिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
  • गाउँपालिकाको स्रोत र सम्पत्ति जनताको सेवाका लागि प्रयोग हुनुपर्ने भएकाले आफूले सो सुविधा त्यागेको उनले बताएका छन् ।

रामेछाप ।

सिन्धुलीको घ्याङ्लेख गाउँपालिका अध्यक्ष जगतबहादुर भोलनले आफूले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन गाउँपालिकामा फिर्ता गरेका छन् ।उनले उक्त गाडी अबदेखि व्यक्तिगत प्रयोजनमा प्रयोग नगरी कार्यालयका नियमित काम र आपतकालीन प्रसूति सेवाका लागि मात्र प्रयोग गरिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।गाउँपालिकाको स्रोत र सम्पत्ति जनताको सेवाका लागि प्रयोग हुनुपर्ने भएकाले आफूले सो सुविधा त्यागेको उनले बताएका छन् ।

गाउँपालिकाका प्रमुम प्रशासकीय अधिकृतलाई सम्बोधन गरी उनले लेखेको पत्रमा भनिएको छ । ‘गाउँपालिकाको नाममा दर्ता रहेको बा २ झ ३६८० नम्वरको सरकारी डबल क्याप स्कार्पियो गाडी कार्यालय कामको प्रयोजनको लागि मैले प्रयोग गरिरहेकोमा हाल मुलुकमा आएको विद्यमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै कार्यालयको मातहतमा राखी कार्यालयको कामकाज तथा आपतकालीन प्रसूति सेवाको लागि मात्र प्रयोग गर्ने गरी आजको मितिबाट फिर्ता गरिएको व्यहोरा जानकारी गराइन्छ ।’

नेपालका धेरै स्थानीय तहहरूमा प्रमुख तथा उपप्रमुखहरुले कार्यालय प्रयोजनका लागि उपलब्ध गराइएका सरकारी गाडीहरू व्यक्तिगत र पारिवारिक प्रयोजनमा दुरुपयोग गर्ने गरेको सार्वजनिक आलोचना हुँदै आएको छ । चाडपर्वका बेला टीका लगाउन, जन्ती जान वा घरायसी प्रयोजनमा प्रयोग हुने यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्न स्थानीय तहमा नीति बने पनि व्यवहारमा प्रभावकारी रूपमा लागू हुन सकेको छैन । यस पृष्ठभूमिमा अध्यक्ष भोलनको कदम सकारात्मक प्रशासनिक अभ्यास र सुशासनको उदाहरणका रूपमा लिइएको छ ।

गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय नागरिकहरूले उनको निर्णयको स्वागत गर्दै यसले अन्य पालिकाका प्रमुखहरूलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । घ्याङ्लेख गाउँपालिका सिन्धुली जिल्लाको उत्तरी भागमा अवस्थित दुर्गम स्थानीय तह हो। यहाँका अधिकांश बस्तीहरू सडक सञ्जाल र यातायात सुविधाबाट अझै पूर्ण रूपमा जोडिएका छैनन् । यस्तो क्षेत्रमा सरकारी सवारीसाधन आपतकालीन अवस्थाको लागि उपयोगी हुने भएकाले अध्यक्ष भोलनको निर्णयलाई स्थानीयले सेवामुखी र व्यवहारिक कदमका रूपमा लिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेंगलोर भागदौड प्रकरण : विराट कोहलीविरुद्ध पनि उजुरी दर्ता
बेंगलोर भागदौड प्रकरण : विराट कोहलीविरुद्ध पनि उजुरी दर्ता
असार १० देखि बन्द मेलम्चीको पानी पुनः काठमाडौँ ल्याइयो
असार १० देखि बन्द मेलम्चीको पानी पुनः काठमाडौँ ल्याइयो
मलंगवामा गणेश चतुर्थीको मुर्ति विसर्जनमा ढुंगा फाल्ने युवक पक्राउ 
मलंगवामा गणेश चतुर्थीको मुर्ति विसर्जनमा ढुंगा फाल्ने युवक पक्राउ 
मिटरब्याज सम्बन्धी उजुरी लिन जिल्ला प्रशासन कार्यालयमा सहजीकरण डेस्क
मिटरब्याज सम्बन्धी उजुरी लिन जिल्ला प्रशासन कार्यालयमा सहजीकरण डेस्क
सभामुख डीपी अर्यालले गरे पद बहाली
सभामुख डीपी अर्यालले गरे पद बहाली
११ महिनामा मोबाइल, फोन, चार्जरमै बाहिरियो ३० करोड २९ लाख रुपैयाँ
११ महिनामा मोबाइल, फोन, चार्जरमै बाहिरियो ३० करोड २९ लाख रुपैयाँ
नेप्सेमा २६.५१ अंकको गिरावट, करोबार रकममा भने वृद्धि
नेप्सेमा २६.५१ अंकको गिरावट, करोबार रकममा भने वृद्धि
राष्ट्रिय सभाको २०औँ अधिवेशन तयारीबारे कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न
राष्ट्रिय सभाको २०औँ अधिवेशन तयारीबारे कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न
अख्तियारको कार्यालयमा पनि आगजनी
अख्तियारको कार्यालयमा पनि आगजनी
गृहमन्त्री लेखकद्वारा बैतडीको निरीक्षण, प्रहरी भवन निर्माणमा बजेटको प्रतिबद्धता
गृहमन्त्री लेखकद्वारा बैतडीको निरीक्षण, प्रहरी भवन निर्माणमा बजेटको प्रतिबद्धता