नेप्सेमा २६.५१ अंकको गिरावट, करोबार रकममा भने वृद्धि

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १४, २०८२
|
|
२६ पटक हेरिएको
Shares
नेप्सेमा २६.५१ अंकको गिरावट, करोबार रकममा भने वृद्धि

सारांश

  • साताको पहिलो कारोबार दिन नेप्से परिसुचक घटेको छ ।
  • यसअघि बिहीवार १०.
  • ४३ अंकले बढेको नेप्से परिसुचक आजभने २६.

१४ मंसिर, काठमाडौं ।

साताको पहिलो कारोबार दिन नेप्से परिसुचक घटेको छ । यसअघि बिहीवार १०.४३ अंकले बढेको नेप्से परिसुचक आजभने २६.५१ अंकले घटेर २६४९.५२ विन्दुमा झरेर रोकिएको छ । आजको बजारमा सेन्सेटिभ इन्डेक्स ४.६७ र फ्लोट इन्डेक्स २.०६ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स पनि १.६६ अंकले घटेको छ । बिहिवारको बजारमा ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैया बराबरको १ करोड ४६ लाख ९३ हजार कित्ता सेयर कारोबार भएकोमा आजको बजारमा कुल ३४२ स्टकको ७ अर्ब ८ करोड ५४ लाख रुपैयाँ बराबरको १ करोड ५७ लाख ३६ हजार कित्ता शेयर किनबेच भएको छ । यो किनबेच ८४ हजार १५६ पटकको कारोबारमा भएको हो ।

यस दिन पाँचवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिस्टिलरी, निफ्रा ग्रिन इनर्जी डिबेन्चर, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यस दिन एनएमबी डिबेन्चर २०९० को शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । यस डिबेन्चरको मूल्य प्रतिकित्ता ८.९९ प्रतिशतले घटेको छ । आजको कारोबारमा हिमालयन रिइन्स्योरेन्स, जोशी हाइड्रोपवार, ग्रिनभेन्चर लिमिटेड र एनआरएन इन्फ्राइन्स्टक्चर एण्ड डेभलपमेन्टको शेयर सबैभन्दा धेरै कारोर भएको छ ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको छ । यस दिन उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो ।यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक १.४८ प्रतिशत घटेको छ । त्यस्तै, यस दिन बैंकिङ्ग, विकास बैंक, जलविद्युत, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभाका नवनिर्वाचित दुई समितिका सभापतिले लिए शपथ
राष्ट्रियसभाका नवनिर्वाचित दुई समितिका सभापतिले लिए शपथ
काठमाडौँ उपत्यका वायु प्रदूषण मापनमा विश्वमै पहिलो स्थानमा
काठमाडौँ उपत्यका वायु प्रदूषण मापनमा विश्वमै पहिलो स्थानमा
सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
एनपीएल : कर्णालीयाक्सजनकपुर बोल्ट्सविरुद्धपहिलाब्याटिङ गर्ने
एनपीएल : कर्णालीयाक्सजनकपुर बोल्ट्सविरुद्धपहिलाब्याटिङ गर्ने
स्वदेशी जनशक्ति उत्पादन गरेर मात्रै हवाई सेवालाई थप व्यवस्थित गर्न सकिन्छः हितराज पाण्डे
स्वदेशी जनशक्ति उत्पादन गरेर मात्रै हवाई सेवालाई थप व्यवस्थित गर्न सकिन्छः हितराज पाण्डे
मोटरसाइकल दुर्घटनामा कांग्रेस जिल्ला सदस्य पौडेलको मृत्यु
मोटरसाइकल दुर्घटनामा कांग्रेस जिल्ला सदस्य पौडेलको मृत्यु
धादिङ बस दुर्घटनाबारे गृहमा बैठक, छानबिन समिति गठन
धादिङ बस दुर्घटनाबारे गृहमा बैठक, छानबिन समिति गठन
काठमाडौं महानगरका विद्यालयले पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने
काठमाडौं महानगरका विद्यालयले पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
भूमि आयोग खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश
भूमि आयोग खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश