अनलाइन जुवा खेलाउने भारतीय नागरिकसहित २४ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ २१, २०८१
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • विभिन्न बेटिङ साइटहरूको प्रयोग गरी अनलाइन जुवा खेल्ने खेलाउने उनीहरूलाई ललितपुरबाट पक्राउ गरिएको हो ।
  • प्रहरीका अनुसार ललितपुर महानगरपालिका २ सानेपास्थित २ वटा घर भाडामा लिई जुवा खेलाउने कार्य भइरहेको थियो ।
  • साथै प्रहरीले उनीहरूको साथबाट मोबाइल ५७ थान, ल्यापटप १३ थान, एटीएम कार्ड ३४ थान, सिमकार्ड ८८ थान, चेक बुक १२ थान, आधार कार्ड ८ थान र राहदानी ६ थान समेत बरामद गरेको छ ।

 

२१ माघ, अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १० भारतीय र १४ नेपाली नागरिक गरी २४ जनालाई  प्रहरीले पक्राउ गरेको छ । विभिन्न बेटिङ साइटहरूको प्रयोग गरी अनलाइन जुवा खेल्ने खेलाउने उनीहरूलाई ललितपुरबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार ललितपुर महानगरपालिका २ सानेपास्थित २ वटा घर भाडामा लिई जुवा खेलाउने कार्य भइरहेको थियो ।

साथै प्रहरीले उनीहरूको साथबाट मोबाइल ५७ थान, ल्यापटप १३ थान, एटीएम कार्ड ३४ थान, सिमकार्ड ८८ थान, चेक बुक १२ थान, आधार कार्ड ८ थान र राहदानी ६ थान समेत बरामद गरेको छ ।  उनीहरूले ३ अर्व ४ करोड ७३ लाख ५६ हजार ६ सय १२ रूपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?