सहकारी प्रकरणमा रविको नाम राख्ने अडानबाट कांग्रेस ब्याक, व्यक्ति विशेषको नाम नलेख्न सहमत

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १५, २०८१
|
|
१०२ पटक हेरिएको
Shares
सहकारी प्रकरणमा रविको नाम राख्ने अडानबाट कांग्रेस ब्याक, व्यक्ति विशेषको नाम नलेख्न सहमत

सारांश

  • नेपाली कांग्रेसले सहकारीको रकम अपचलनको विषयमा बन्न लागेको संसदीय छानबिन समितिको कार्यादेशमा व्यक्ति विशेषको नाम नलेखिने प्रस्ट्याएको छ ।
  • समिति गठन र यसको कार्यादेशमा भएको सहमतिलाई दलको बैठकबाट अनुमोदन गर्दै कांग्रेसले त्यस्तो समितिमा व्यक्ति विशेषको नाम आवश्यक नपर्ने जनाएको हो ।
  • यस अघि लामो समय गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न भएको दाबी गर्दै कांग्रेसले उनीमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो ।

१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसले सहकारीको रकम अपचलनको विषयमा बन्न लागेको संसदीय छानबिन समितिको कार्यादेशमा व्यक्ति विशेषको नाम नलेखिने प्रस्ट्याएको छ ।

समिति गठन र यसको कार्यादेशमा भएको सहमतिलाई दलको बैठकबाट अनुमोदन गर्दै कांग्रेसले त्यस्तो समितिमा व्यक्ति विशेषको नाम आवश्यक नपर्ने जनाएको हो । यस अघि लामो समय गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न भएको दाबी गर्दै कांग्रेसले उनीमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो । तर रविको नाम उल्लेख गर्ने अडानबाट कांग्रेसले ब्याक भएको लेखकले बताए । ‘सहमतिमा व्यक्तिको नाम र पद लेख्नेभन्दा सहकारीको रकम जहाँ-जहाँ जसरी कानूनी गैरकानूनी रुपमा गए पनि अनुसन्धान गर्ने भएपछि व्यक्ति विशेषको नाम लेख्न पर्दैन भन्नेमा सहमति भएको छ,।

‘जहाँसम्म सहकारीको पैसा गएको छ । त्यहाँसम्म समितिले छानबिन गर्छ । सहकारीको पैसा रकम अपचलन जसले गरेको छ । उसमाथि छानबिन हुन्छ ।’  ७३ लाख पीडितको सवाल भएको भन्दै लेखकले बचतकर्ताको रकम सुरक्षित गर्न छानबिन समितिले काम गर्ने बताए । ‘अपचलन भएको रकम फिर्ताको विषय मुख्य हो । विभिन्न सहकारीबाट प्राइभेट कम्पनीमा गएको रकम हेर्ने ।

गैरकानुनी रुपमा जो व्यक्ति संलग्न भएको भए कारबाही हुन्छ। ‘निष्कर्ष उन्मुख सहमतिलाई कार्यदलले १२ बजेसम्म कार्यदलले अन्तिम रुप दिन्छ ।’  आजै दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकले ७ सदस्यीय संसदीय समिति गठन गर्ने जानकारी पनि दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इलाम उपनिर्वाचन : उम्मेदवारले गरे मतदान
इलाम उपनिर्वाचन : उम्मेदवारले गरे मतदान
आर्थिक सुधार र सुशासनलाई केन्द्रमा राख्दै नेकपाको संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक
आर्थिक सुधार र सुशासनलाई केन्द्रमा राख्दै नेकपाको संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक
कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन
कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन
खेलाडीले देशको परिचय र प्रतिष्ठालाई माथि उठाउन योगदान गरेका छन् : प्रधानमन्त्री ओली
खेलाडीले देशको परिचय र प्रतिष्ठालाई माथि उठाउन योगदान गरेका छन् : प्रधानमन्त्री ओली
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त
कतारले दियो १३ नेपालीलाई आममाफी
कतारले दियो १३ नेपालीलाई आममाफी
नयाँ कृषिमन्त्री आएपनि मन्त्रालयको प्रवेशद्वारमा कर्मचारीको धर्ना जारी
नयाँ कृषिमन्त्री आएपनि मन्त्रालयको प्रवेशद्वारमा कर्मचारीको धर्ना जारी
मौसम पूर्वानुमान : यी दुई प्रदेशमा वर्षा र हिमपातको सम्भावना
मौसम पूर्वानुमान : यी दुई प्रदेशमा वर्षा र हिमपातको सम्भावना
सरकार संसदीय छानबिन समिति नबनाउनेतर्फ उद्धत भयो : कांग्रेसको निष्कर्ष
सरकार संसदीय छानबिन समिति नबनाउनेतर्फ उद्धत भयो : कांग्रेसको निष्कर्ष
प्रधानमन्त्रीबाट धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ को शिलान्यास
प्रधानमन्त्रीबाट धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ को शिलान्यास