Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

खेलाडीले देशको परिचय र प्रतिष्ठालाई माथि उठाउन योगदान गरेका छन् : प्रधानमन्त्री ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ २५, २०८२
|
|
३९ पटक हेरिएको
Shares
खेलाडीले देशको परिचय र प्रतिष्ठालाई माथि उठाउन योगदान गरेका छन् : प्रधानमन्त्री ओली

सारांश

  •   प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई आज सम्मान र पुरस्कार प्रदान गरेका छन्।
  • प्रधानमन्त्री निवास, बालुवाटारमा युवा तथा खेककुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा गत कात्तिक ७ देखि १२ गतेसम्म जापन उसु ताइजी महासङ्घको आयोजनामा जापानमा भएको तेस्रो थाउलो वल्ड कपमा कास्य पदक विजेता विजय सिँजालीलाई नगद रु ६५ लाख पुरस्कार–प्रमाणपत्र प्रदान गरिएको हो।
  • यस्तै गत फागुन २० देखि २५ गतेसम्म इरानमा भएको छैटौँ एसियन कबड्डी च्याम्पियन (महिला) मा कास्य पदक विजेता खेलाडी मनमति विष्टसहितलाई रु एक लाख ५० हजारका दरले पुरस्कार दिइएको छ ।

२५ असार, काठमाडौं । 

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई आज सम्मान र पुरस्कार प्रदान गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा युवा तथा खेककुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा गत कात्तिक ७ देखि १२ गतेसम्म जापन उसु ताइजी महासङ्घको आयोजनामा जापानमा भएको तेस्रो थाउलो वल्ड कपमा कास्य पदक विजेता विजय सिँजालीलाई नगद रु ६५ लाख पुरस्कार–प्रमाणपत्र प्रदान गरिएको हो।

यस्तै गत फागुन २० देखि २५ गतेसम्म इरानमा भएको छैटौँ एसियन कबड्डी च्याम्पियन (महिला) मा कास्य पदक विजेता खेलाडी मनमति विष्टसहितलाई रु एक लाख ५० हजारका दरले पुरस्कार दिइएको छ । यस्तै गत असोज २० देखि २६ गतेसम्म श्रीलङ्का भलिबल सङ्घको आयोजनामा श्रीलङ्कमा भएको काभा यु–२० पुरुष भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता अर्जुन नेपालीसहितलाई रु तीन लाखका दरले पुरस्कार दिइएको छ । उनीहरुलाई राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को व्ववस्थाबमोजिम यही असार ९ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट सम्मान तथा नगद पुरस्कार दिइएको हो ।

साथै यही असार ८ देखि २१ गतेसम्म मलेसियामा भएको एसिसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सिङ्गापुरलाई हराएर उपाधि जित्न सफल विपिनप्रसाद शर्मासहितको टोलीलाई प्रधानमन्त्री ओलीले बधाई तथा स्वागत गरे।null

कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूहरुले खेल क्षेत्रको विकासका लागि प्राथमिकताका साथ काम गरिरहेको बताए। ओलीले एकै पटक सबैले दक्षता, सीप र सफलता हासिल नहुने बताउँदै क्रमशः सफलता हासिल हुँदै जाने विश्वास व्यक्त गरे। ‘हामीले संगठितरुपले खेल क्षेत्रलाई अगाडि बढाएको धेरै भएको छैन । अहिले सरकारले खेलको विकासका लागि उच्च ध्यान दिएको छ भने अब खेलाडीहरु व्यवसायिकरुपमा अगाडि बढेका छन् ।’, प्रधानमन्त्री ओलीले भने, ‘म देशको परिचय र प्रतिष्ठालाई माथि उठाउन योगदान दिने खेलाडी, प्रशिक्षकलगायरुलाई धेरै धेरै धन्यवाद र बधाई दिन्छु।’

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले आगामी आर्थिक वर्षका लागि यस वर्षको भन्दा करिब दोब्बर बजेट विनियोजन गरेको र कीर्तिपुर क्रिकेट मैदान निर्माण सम्पन्न हुन लागेकाले खेल क्षेत्र उत्साहित भएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त
रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनिता डंगोल भन्छिन्– स्टन्ट र गाली गरेर देश बन्दैन
सुनिता डंगोल भन्छिन्– स्टन्ट र गाली गरेर देश बन्दैन
मकवानपुरमा नवजात शिशुकाे शव डम्पिङसाइटमा फेला
मकवानपुरमा नवजात शिशुकाे शव डम्पिङसाइटमा फेला
यो दुई तिहाइको हैन षडयन्त्रको सरकार हो : प्रचण्ड
यो दुई तिहाइको हैन षडयन्त्रको सरकार हो : प्रचण्ड
एमाले बागमतीको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता, अन्य पदमा कस–कसले दिए उम्मेदवारी ?
एमाले बागमतीको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता, अन्य पदमा कस–कसले दिए उम्मेदवारी ?
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान, आवेदन शुल्क ५० हजार
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान, आवेदन शुल्क ५० हजार
सर्लाहीमा साइकलयात्रीलाई ठक्कर दिने बसमा स्थानीयले गरे आगजनी
सर्लाहीमा साइकलयात्रीलाई ठक्कर दिने बसमा स्थानीयले गरे आगजनी
मदन भण्डारी विचार निर्माण गर्ने दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी
मदन भण्डारी विचार निर्माण गर्ने दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी
सङ्घीयता विरोधीले सङ्घीयताविरुद्ध दुष्प्रचार गर्दैछन् : मुख्यमन्त्री सिंह
सङ्घीयता विरोधीले सङ्घीयताविरुद्ध दुष्प्रचार गर्दैछन् : मुख्यमन्त्री सिंह