महिला टोली विश्वकपमा छनोट हुनेमा आशावादी छु : मुख्य प्रशिक्षक पाठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष ८, २०८२
|
|
४५ पटक हेरिएको
Shares
महिला टोली विश्वकपमा छनोट हुनेमा आशावादी छु : मुख्य प्रशिक्षक पाठक

सारांश

  • नेपाली महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले नेपाली टोली विश्वकपमा छनोट हुनेमा आशावादी रहेको बताएका छन् ।
  • नेपाल क्रिकेट संघ क्यानले मंगलबार आयोजना गरेको प्रशिक्षकसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली टोलीलाई यसअघि विपक्षीका रूपमा पनि राम्रोसँग हेरेको बताउँदै विश्वकपमा छनोट हुने बताएका हुन्  ।
  • ‘यहाँको क्रिकेट वातावरण पनि राम्रो छ, मैले विपक्षीको रूपमा पनि हेरेको छु, टोलीमा राम्रो गर्न सक्ने क्षमता पनि छ ।

८ पुस, काठमाडौं ।

नेपाली महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले नेपाली टोली विश्वकपमा छनोट हुनेमा आशावादी रहेको बताएका छन् । नेपाल क्रिकेट संघ क्यानले मंगलबार आयोजना गरेको प्रशिक्षकसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली टोलीलाई यसअघि विपक्षीका रूपमा पनि राम्रोसँग हेरेको बताउँदै विश्वकपमा छनोट हुने बताएका हुन्  । ‘यहाँको क्रिकेट वातावरण पनि राम्रो छ, मैले विपक्षीको रूपमा पनि हेरेको छु, टोलीमा राम्रो गर्न सक्ने क्षमता पनि छ । विश्वकपमा छनोट हुने सम्भावना राम्रो नै देखेको छु’, उनले भने, ‘हामी कस्तो योजना बनाउँछौं त्यसलाई कार्यान्वयन पनि गर्न सक्यौं भने अवश्य राम्रो हुनेछ ।’

पाठकले नेपालको कन्डिशन राम्रो क्रिकेट खेल्नेका लागि उत्कृष्ट रहेको समेत बताए । ‘यहाँको कन्डिशन राम्रो प्रदर्शन गर्न सक्नेका लागि उत्कृष्ट लागेको छ, खेलका क्रममा जसले फाइदा उठाउन सक्छ उसैले जित निकाल्ने छ’, उनले भने । पाठक हालका लागि दुई वर्षको सम्झौतामा रहेको जनरल म्यानेजर विनोद दासले जानकारी दिए । नेपाल क्रिकेट संघ क्यानले आसन्न आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटलाई लक्षित गरेर पहिलोपटक विदेशी मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विशेष अदालतको फैसला सर्वोच्चले ८ वर्षपछि उल्टाएपछि समातिए पूर्वसीडीओसहित ३ जना
विशेष अदालतको फैसला सर्वोच्चले ८ वर्षपछि उल्टाएपछि समातिए पूर्वसीडीओसहित ३ जना
छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति सप्तरीमा
छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति सप्तरीमा
जेनजी आन्दोलनमा बगेको रगत खेरा जान नदिन एकजुट हुन आवश्यक छ : किशोरी कार्की
जेनजी आन्दोलनमा बगेको रगत खेरा जान नदिन एकजुट हुन आवश्यक छ : किशोरी कार्की
निष्पक्ष निर्वाचनका लागि प्रहरीको भूमिका निर्णायक छ : प्रधानमन्त्री कार्की
निष्पक्ष निर्वाचनका लागि प्रहरीको भूमिका निर्णायक छ : प्रधानमन्त्री कार्की
संघीय मामिला मन्त्रालयद्वार ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
संघीय मामिला मन्त्रालयद्वार ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को उपाधि भारतको नाममा
आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को उपाधि भारतको नाममा
पाकिस्तानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु
पाकिस्तानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु
काठमाडौंमा विशेष सुरक्षा प्रबन्ध, ड्रोनबाट निगरानी
काठमाडौंमा विशेष सुरक्षा प्रबन्ध, ड्रोनबाट निगरानी
अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा
अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा
लागुऔषध गाँजासहित सर्लाहीबाट दुई जना पक्राउ
लागुऔषध गाँजासहित सर्लाहीबाट दुई जना पक्राउ