Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

महिला टोली विश्वकपमा छनोट हुनेमा आशावादी छु : मुख्य प्रशिक्षक पाठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष ८, २०८२
|
|
५५ पटक हेरिएको
Shares
महिला टोली विश्वकपमा छनोट हुनेमा आशावादी छु : मुख्य प्रशिक्षक पाठक

सारांश

  • नेपाली महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले नेपाली टोली विश्वकपमा छनोट हुनेमा आशावादी रहेको बताएका छन् ।
  • नेपाल क्रिकेट संघ क्यानले मंगलबार आयोजना गरेको प्रशिक्षकसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली टोलीलाई यसअघि विपक्षीका रूपमा पनि राम्रोसँग हेरेको बताउँदै विश्वकपमा छनोट हुने बताएका हुन्  ।
  • ‘यहाँको क्रिकेट वातावरण पनि राम्रो छ, मैले विपक्षीको रूपमा पनि हेरेको छु, टोलीमा राम्रो गर्न सक्ने क्षमता पनि छ ।

८ पुस, काठमाडौं ।

नेपाली महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले नेपाली टोली विश्वकपमा छनोट हुनेमा आशावादी रहेको बताएका छन् । नेपाल क्रिकेट संघ क्यानले मंगलबार आयोजना गरेको प्रशिक्षकसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली टोलीलाई यसअघि विपक्षीका रूपमा पनि राम्रोसँग हेरेको बताउँदै विश्वकपमा छनोट हुने बताएका हुन्  । ‘यहाँको क्रिकेट वातावरण पनि राम्रो छ, मैले विपक्षीको रूपमा पनि हेरेको छु, टोलीमा राम्रो गर्न सक्ने क्षमता पनि छ । विश्वकपमा छनोट हुने सम्भावना राम्रो नै देखेको छु’, उनले भने, ‘हामी कस्तो योजना बनाउँछौं त्यसलाई कार्यान्वयन पनि गर्न सक्यौं भने अवश्य राम्रो हुनेछ ।’

पाठकले नेपालको कन्डिशन राम्रो क्रिकेट खेल्नेका लागि उत्कृष्ट रहेको समेत बताए । ‘यहाँको कन्डिशन राम्रो प्रदर्शन गर्न सक्नेका लागि उत्कृष्ट लागेको छ, खेलका क्रममा जसले फाइदा उठाउन सक्छ उसैले जित निकाल्ने छ’, उनले भने । पाठक हालका लागि दुई वर्षको सम्झौतामा रहेको जनरल म्यानेजर विनोद दासले जानकारी दिए । नेपाल क्रिकेट संघ क्यानले आसन्न आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटलाई लक्षित गरेर पहिलोपटक विदेशी मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
धनगढीमा करेन्ट लागेर आमाको मृ*त्यु, छोरा घाइते
धनगढीमा करेन्ट लागेर आमाको मृ*त्यु, छोरा घाइते
सामान्य सुधारले अर्थतन्त्रका समस्या समाधान हुने देखिएन : प्रधानमन्त्री
सामान्य सुधारले अर्थतन्त्रका समस्या समाधान हुने देखिएन : प्रधानमन्त्री
अमेरिकाको टेक्ससमा एक नेपालीको गोली हानेर हत्या
अमेरिकाको टेक्ससमा एक नेपालीको गोली हानेर हत्या
दशैं टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी
दशैं टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी
सिमलताल दुर्घटना : त्रिशुलीको भेलबाढीले दुई ओटा बस बगाएको निष्कर्ष, गृहमन्त्रीले बुझे प्रतिवेदन
सिमलताल दुर्घटना : त्रिशुलीको भेलबाढीले दुई ओटा बस बगाएको निष्कर्ष, गृहमन्त्रीले बुझे प्रतिवेदन
बलिरामपुर नाकाबाट तस्करहरु तस्करी गर्न सकृय, रातारात भित्रियो सयौ पोका कपडा
बलिरामपुर नाकाबाट तस्करहरु तस्करी गर्न सकृय, रातारात भित्रियो सयौ पोका कपडा
सहकारी पीडितले भोलिदेखि फेरि आन्दोलन सुरु गर्दै
सहकारी पीडितले भोलिदेखि फेरि आन्दोलन सुरु गर्दै
सूर्यदर्शन सहकारी ठगी प्रकरण : अनुसन्धान गर्न पोखरा पुग्यो सिआइबीको टोली
सूर्यदर्शन सहकारी ठगी प्रकरण : अनुसन्धान गर्न पोखरा पुग्यो सिआइबीको टोली
कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु
कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु