सुनिता डंगोल भन्छिन्– स्टन्ट र गाली गरेर देश बन्दैन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ११, २०८२
|
|
८३ पटक हेरिएको
Shares
सुनिता डंगोल भन्छिन्– स्टन्ट र गाली गरेर देश बन्दैन

सारांश

  • उपमहानगरपालिका प्रमुख सुनिता डङ्गोलले नेपाली युवा सकारात्मक ऊर्जा र राष्ट्रिय भावनाले ओतप्रोत भएका बताएकी छिन् ।
  • लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालेले आयोजना गरेको युथ सेलिब्रेसन कार्यक्रममा बोल्दै डङ्गोलले नेपाली युवा सबैभन्दा माथि राष्ट्र भनेर एकजुट भएको उल्लेख गरिन् ।
  •  ‘जब जब युवा एकजुट हुन्छन् तब तब असम्भव भनिएका कुरालाई सम्भव बनाउँछन्, सफलता उनीहरूले नै पाउँछन्, जसले कहिल्यै हार मान्दैन’, उनले भने ।

 

११ वैशाख, काठमाडौं ।

उपमहानगरपालिका प्रमुख सुनिता डङ्गोलले नेपाली युवा सकारात्मक ऊर्जा र राष्ट्रिय भावनाले ओतप्रोत भएका बताएकी छिन् ।लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालेले आयोजना गरेको युथ सेलिब्रेसन कार्यक्रममा बोल्दै डङ्गोलले नेपाली युवा सबैभन्दा माथि राष्ट्र भनेर एकजुट भएको उल्लेख गरिन् ।  ‘जब जब युवा एकजुट हुन्छन् तब तब असम्भव भनिएका कुरालाई सम्भव बनाउँछन्, सफलता उनीहरूले नै पाउँछन्, जसले कहिल्यै हार मान्दैन’, उनले भने ।


अहिले एमालेमाथि चौतर्फी आक्रमण भइरहेको बताउँदै उनले जति आक्रमण भए पनि विचलित नहुने दाबी गरिन् । आफूले गरेको राम्रो काम देख्न नसक्नेहरूले आफूमाथि निरन्तर आक्रमण गरिरहेका उनले बताइन् । ‘विकासका काम गर्नेमाथि आक्रमण गर्नेहरू राष्ट्र विरोधी तत्त्वहरू हुन्’, उनले भनिन् । नेपाली युवाले काम गर्न सक्छ भन्ने कुरा आफूले विश्व सामु प्रस्तुत गरेको उनले दाबी गरिन् । आफूले गरेको कामले धेरैलाई पोलेको र उनीहरू आफूमाथि निरन्तर आक्रमणमा लागि रहेको उनले स्पष्ट पारिन् ।  ‘म रोकिन्न, म रोकिने मान्छे होइन, म मेरो शहर र मेरो देशको लागि काम गरिरहन्छु’, उनले भनिन् ।


एमाले अध्यक्ष केपी ओली पनि राष्ट्रवादी र काम गर्ने मान्छे भएको कारण उनीमाथि आक्रमण भइरहेको उनले बताइन् । भूकम्पले थिलथिलो भएको देशलाई उठाउने केपी ओलीलाई सम्मान गर्नुको बदला राष्ट्र विरोधीहरूले विभिन्न आरोप लगाउने गरेको उनको भनाइ छ ।  युवाले सही र गलत छुट्याउनुपर्ने उनले बताइन् । युवाले हरेक कुरालाई रचनात्मक हिसाबले विश्लेषण गर्नुपर्ने बताइन् । सत्य के हो भनेर हेर्ने र खोज्ने मानिस मात्र युवा हुने उनको धारणा छ । मानिस उमेरले मात्र युवा हुने होइन सोच र कामले युवा हुने बताइन् ।

एमालेले कसैको घर लुट्न नसिकाउने उनले उल्लेख गरिन् । सामाजिक सञ्जालमा भाँडभैलो मच्चाउन नसिकाउने उनले प्रष्ट पारिन् । ‘एमालेले युवालाई दश नङ्ग्रा खियाउन सिकाउँछ, त्यस कारण म एमालेमा छु’, डङ्गोलले भनिन् । जसले सपना देख्छ उसैले काम गर्ने पनि उनले बताइन् । एमाले सपना देख्ने पार्टी भएको उनको धारणा छ । ‘स्टन्ट गरेर देश बन्दैन, अरूलाई गाली गरेर देश बन्दैन, देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ, योजना बनाउनु पर्छ’, उनले भनिन् । नेकपा एमालेका युवाहरू समस्याबाट भाग्ने युवा नभएका उनले बताइन् । समस्यासँग जुधेर समाधान खोज्नुपर्ने उनको धारणा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अचार निर्यातबाट, रू १० करोड बराबरको आम्दानि
अचार निर्यातबाट, रू १० करोड बराबरको आम्दानि
सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनीको लगातार तेस्रो हार
सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनीको लगातार तेस्रो हार
शीर्ष नेताहरूबिच बालुवाटारमा छलफल
शीर्ष नेताहरूबिच बालुवाटारमा छलफल
जाजरकोटमा नेपाली कांग्रेसको सुरुवाती अग्रता
जाजरकोटमा नेपाली कांग्रेसको सुरुवाती अग्रता
नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप्यो दुई उडान
नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप्यो दुई उडान
केपी ओलीको कम्बोडिया काण्ड पनि छानविनको दायरामा आउनुपर्ने ,दिनेश त्रिपाठीको
केपी ओलीको कम्बोडिया काण्ड पनि छानविनको दायरामा आउनुपर्ने ,दिनेश त्रिपाठीको
बाबुराम, जनार्दन र सन्तोषले आज पार्टी एकता घोषणा गर्दै
बाबुराम, जनार्दन र सन्तोषले आज पार्टी एकता घोषणा गर्दै
नवलपरासीमा प्रहरीले गोली चलाएको भन्दै अमरेशकुमारले मागे सरकारको जवाफ
नवलपरासीमा प्रहरीले गोली चलाएको भन्दै अमरेशकुमारले मागे सरकारको जवाफ
जनकपुर चुरोट कारखानासहित चारवटा रुग्ण उद्योग निजीकरणको प्रक्रिया अघि बढ्यो, डीडीएका लागि तीनवटा कम्पनी छनोट
जनकपुर चुरोट कारखानासहित चारवटा रुग्ण उद्योग निजीकरणको प्रक्रिया अघि बढ्यो, डीडीएका लागि तीनवटा कम्पनी छनोट
अहमदावाद त्रासदीले सम्झाएको सौर्य एयरलाइन्स जहाज दुर्घटना
अहमदावाद त्रासदीले सम्झाएको सौर्य एयरलाइन्स जहाज दुर्घटना