सर्लाहीमा जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादव पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र २५, २०८२
|
|
७० पटक हेरिएको
Shares
सर्लाहीमा जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादव पक्राउ

सारांश

  •   जसपाका मधेशका प्रदेश अध्यक्ष अशोक यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
  • जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले उनलाई आज दिउँसो मलङ्गवाको शिवसागर चोकबाट नियन्त्रणमा लिएको हो ।
  • प्रहरीका अनुसार यादवमाथि प्रहरी उपरीक्षक (एसपी) लाई गाली गरेको तथा आपराधिक उपद्र र राज्यविरुद्धको अपराधमा संलग्न भएको आरोप छ ।

२५ भदौ, सर्लाही । 

जसपाका मधेशका प्रदेश अध्यक्ष अशोक यादवलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले उनलाई आज दिउँसो मलङ्गवाको शिवसागर चोकबाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार यादवमाथि प्रहरी उपरीक्षक (एसपी) लाई गाली गरेको तथा आपराधिक उपद्र र राज्यविरुद्धको अपराधमा संलग्न भएको आरोप छ । सोही आधारमा उनलाई पक्राउ गरिएको हो ।

प्रहरी उपरीक्षकसँग भएको गालिगलौजको अडियो केही दिन अघि सामाजिक संजालमा भाइरल बनेको थियो । असारको अन्तीम साता पूर्वाधार विकास कार्यालय मलंगवमा भुक्तानीका विषयमा विवाद भएपछि यादवले सर्लाही प्रहरी प्रमुखलाई गालिगलौज गरेका थिए । त्यस पछि फरार रहेका उनी आज पक्राउ परेको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी सरोज राईले बताए । यादवलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता राइले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...