बोल बम यात्रा गर्न सुन्दरीजलमा भक्तजनको घुइँचो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १२, २०८२
|
|
२९ पटक हेरिएको
Shares
बोल बम यात्रा गर्न सुन्दरीजलमा भक्तजनको घुइँचो

सारांश

  • साउनको दोस्रो सोमबार बोल बम यात्रा गर्न सयौंको संख्यामा भक्तजन सुन्दरीजलमा पुगेका छन् ।
  • प्रत्येक वर्ष साउन महिनाको सोमबार वाग्मती नदीको किनारस्थित सुन्दरीजलमा जम्मा भएका भक्तजनले स्नान गरी शुद्ध कपडा लगाएर यहाँको जल पशुपतिनाथ मन्दिरमा लगेर चढाउने गर्छन् ।
  • आजको बोल बम यात्राको आयोजना बोल बम काँरिया सङ्घ र सनातन युवा मञ्च नेपालले गरेका छन् ।

१२ साउन, काठमाडौं ।

साउनको दोस्रो सोमबार बोल बम यात्रा गर्न सयौंको संख्यामा भक्तजन सुन्दरीजलमा पुगेका छन् । प्रत्येक वर्ष साउन महिनाको सोमबार वाग्मती नदीको किनारस्थित सुन्दरीजलमा जम्मा भएका भक्तजनले स्नान गरी शुद्ध कपडा लगाएर यहाँको जल पशुपतिनाथ मन्दिरमा लगेर चढाउने गर्छन् ।आजको बोल बम यात्राको आयोजना बोल बम काँरिया सङ्घ र सनातन युवा मञ्च नेपालले गरेका छन् ।

आजको बोल बम यात्रामा करिब १० हजार बढी भक्तजनको उपस्थिति रहेको प्रहरी प्रभाग सुन्दरीजलले जनाएको छ । साउनको सोमबार पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनका लागि आज बिहान तीन बजेदेखि पशुपतिनाथका चारै ढोका खुला गरिने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुभाषचन्द्र जोशीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?