किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ३०, २०८१
|
|
३२ पटक हेरिएको
Shares
किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण

सारांश

  • तनहुँको शुक्लागण्डकी नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टेलर वितरण गरेको छ ।
  • शुक्लागण्डकी नगरपालिका–११ राइपुर साना किसान कृषि सहकारीमा आबद्ध किसानलाई १८ थान मिनी टेलर वितरण गरिएको हो ।
  • साना व्यावसायिक कृषि उत्पादन केन्द्र (आलु पकेट) विकास कार्यक्रम अन्तरगत शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले किसानलाई मिनी टेलर वितरण गर्नुभएको छ ।

 

३० चैत , दमौली तनहुँ ।

तनहुँको शुक्लागण्डकी नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टेलर वितरण गरेको छ । शुक्लागण्डकी नगरपालिका–११ राइपुर साना किसान कृषि सहकारीमा आबद्ध किसानलाई १८ थान मिनी टेलर वितरण गरिएको हो ।
साना व्यावसायिक कृषि उत्पादन केन्द्र (आलु पकेट) विकास कार्यक्रम अन्तरगत शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले किसानलाई मिनी टेलर वितरण गर्नुभएको छ ।

किसानको उत्पादन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मिनी टेलर सहयोग गरिएको नगरप्रमुख पण्डितले बताउनुभयो । अनुदान तथा सहुलियतमुखी कार्यक्रमले किसानलाई प्रोत्साहन मिल्ने र स्थानीय कृषि उत्पादनमा वृद्धि भई कृषि विकासमा टेवा पुग्ने विश्वास गरिएको पण्डितको भनाइ छ । यस्तै कृषि ज्ञान केन्द्र तनहुँले अनुदानमा किसानलाई कृषि सामग्री वितरण गरेको छ । केन्द्रले चालु आर्थिक वर्षको कार्यक्रमअनुसार भानु नगरपालिका–५ बारीफाँटस्थित समता कृषि सहकारी संस्थाका सदस्यलाई ५० प्रतिशत अनुदानमा विभिन्न सामग्री वितरण गरेको हो । मकै बीउ वितरण तथा मकै बीउ प्रवर्द्धन कार्यक्रमअन्तरगत हाते ट्याक्टर, मकै छोडाउने उपकरण लगायतका सामग्री वितरण गरिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच थान हाते ट्याक्टर, पाँच थान मकै छोडाउने उपकरण, पाँच थान स्प्रेयर वितरण गरिएको छ ।

त्यस्तै ८५ प्रतिशत अनुदानमा ९७ मिटर कुलो निर्माणका लागि पाइप, ७५ प्रतिशत अनुदानमा तीन सय रोपनीका लागि मकै बीउ वितरण गरिएको उहाँले बताउनुभयो । सबै सामग्रीको मूल्य कूल रू सात लाख ३८ हजार रहेको उहाँको भनाइ छ । सहकारी संस्थामार्फत् मकैको बीउ सो वडाको ढाडखोला, डाडाँगाउँ, छ सय फाँट, देवीपानीटोल, देउराली टोलमा वितरण गरिएको छ । उत्पादनमा आधारित अनुदान वितरण गरिने म्याग्दे गाउँपालिकाले उत्पादनमा आधारित अनुदान वितरणका लागि रू ३५ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले उत्पादनमूलक तथा रोजगारमूलक व्यावसायिक योजनामा आधारित कार्यक्रममा लागत साझेदारी बमोजिम अनुदान वितरणको प्रक्रिया अगाडि बढाएको छ । उत्पादनमा आधारित अनुदान कार्यक्रमतर्फ रू ३० लाख तथा दूधालु गाई खरिद अनुदान लागत साझेदारीमा रू पाँच लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । गाउँपालिकाले लागत साझेदारी अनुदान कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

उक्त कार्यक्रम कार्यन्वयन गर्न इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका उत्पादन गरिरहेका व्यावसायिक व्यक्ति तथा उत्पादनमूलक र रोजगारमूलक व्यावसायिक योजना बनाएका अर्ध बेरोजगार/बेरोजगार र वैदेशिक रोजगारबाट फर्किएका युवालाई निवेदन दिन आग्रह गरिएको अधिकारीले बताउनुभयो । उक्त कार्यक्रमअन्तरगत ठूला व्यवसायतर्फ कृषि, पशु, पर्यटन, उद्यमलगायतका क्षेत्रमा क्षेत्रगत पूर्वाधार निर्माण र आयआर्जनका लागि पशुधन खरिद, प्रविधि खरिद र आयआर्जन र रोजगारमूलक कार्यक्रम गर्न चाहने कूल पुँजी रू ५० लाख वा सो भन्दा बढी भएको र कम्तीमा तीन जनालाई रोजगारी दिएको व्यक्तिलाई ५० प्रतिशत अनुदानको रकम रू पाँच लाख उपलब्ध गराइने अधिकारीले उल्लेख गर्नुभयो । त्यस्तै मझौला व्यवसायअन्तरगत कृषि, पशु, पर्यटन, उद्यमलगायतका क्षेत्रमा क्षेत्रगत पूर्वाधार निर्माण आयआर्जनका लागि पशुधन खरिद प्रविधि खरिद र आयआर्जन र रोजगारमूलक कार्यक्रम र साना व्यवसाय अन्तरगत र स्वरोजगारतर्फ कृषि पशु, पर्यटन, उद्यम लगायतका क्षेत्रमा क्षेत्रगत पूर्वाधार निर्माण आयआर्जनका लागि पशुधन खरिद प्रविधि खरिद र आयआर्जन र रोजगारमूलक कार्यक्रमका लागि पनि लागत साझेदारीको ५० प्रतिशत अनुदान उपलब्ध गराइने अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
प्रचण्डकी छोरी गंगाको घरमा फेला परेको श*वको सनाखत
प्रचण्डकी छोरी गंगाको घरमा फेला परेको श*वको सनाखत
जसपा सर्लाहीद्वारा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र  ‎
जसपा सर्लाहीद्वारा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र ‎
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
आज हिमाली भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने
आज हिमाली भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने
धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने
थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने
काठमाडौं महानगरले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने
काठमाडौं महानगरले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएपछि कर्मचारी परे अख्तियारको फन्दामा
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएपछि कर्मचारी परे अख्तियारको फन्दामा
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने