टी-२० आईमा नेपालले एकै खेलमा बनायो ७ रेकर्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १०, २०८०
|
|
५७ पटक हेरिएको
Shares
टी-२० आईमा नेपालले एकै खेलमा बनायो ७ रेकर्ड

सारांश

  • १९औं एसियाली खेलकुदमा नेपालले नवप्रवेशी मंगोलियामाथि जित हात पार्दा कीर्तिमान नै कीर्तिमान बनाएको छ ।
  • चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थियो ।
  • २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाएको नेपालले मंगोलियालाई १३.

१० असोज, काठमाडौं । १९औं एसियाली खेलकुदमा नेपालले नवप्रवेशी मंगोलियामाथि जित हात पार्दा कीर्तिमान नै कीर्तिमान बनाएको छ । चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थियो । २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाएको नेपालले मंगोलियालाई १३.१ ओभरमा ४१ रनमा अलआउट गर्‍यो ।

यसक्रममा नेपालले टी-२० आई क्रिकेटमा कम्तिमा ७ वटा रेकर्ड बनाएको छ ।

१. कीर्तिमानी स्कोर

नेपालले २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनायो । यो नै टी-२० आईमा अहिलेसम्म बनेको ठूलो स्कोर हो । यसअघि २३ फेब्रअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८/३ बनाएको थियो भने ३० अगष्ट २०१९ मा चेक रिपब्लिकले टर्कीविरुद्ध २७८/४ बनाएको थियो ।

२. सर्वाधिक रन रेट

नेपालले सर्वाधिक रन रेटको रेकर्ड पनि बनाएको छ । मंगोलियाविरद्ध ३१४ रन बनाएको नेपालको रन रेट १५.७ रह्यो । २३ फेब्रअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८/३ बनाउने क्रममा १३.९ को रन रेट कायम गरेको थियो ।

३. सर्वाधिक छक्का

बुधबार नेपालको नाममा अर्को रेकर्ड रह्यो, सर्वाधिक छक्का । ३१४ रनको स्कोर खडा गर्ने क्रममा नेपाली ब्याट्सम्यानहरुले २६ छक्का हानेका थिए । यो नयाँ कीर्तिमान हो । यसअघि यो रेकर्ड चेक रिपब्लिकको नाममा थियो । ३० अगष्ट २०१९ मा टर्कीविरुद्ध २७८ रन बनाउने क्रममा चेक रिपब्लिकका ब्याट्सम्यानले २२ छक्का हानेका थिए ।

४. कुशलको कीर्तिमानी शतक

मंगोलियाविरुद्ध ३१४ रन बनाउने क्रममा कुशल मल्लले पनि विश्व कीर्तिमान बनाएका छन् । उनले मात्र ३४ बलमा शतक प्रहार गर्दै रेकर्ड बनाएका हुन् । उनले दक्षिण अफ्रिकाका डेभिड मिलरको रेकर्ड तोडेका हुन् । मिलरले २९ अक्टोबर २०१७ मा बंगलादेशविरुद्ध ३५ बलमा १०० रन बनाएका थिए । १३७ रनमा अविजित रहेका उनी टी-२० आईमा एकै इनिङमा सर्वाधिक रन बनाउने क्रिकटरको सूचीमा पाँचौं नम्बरमा परे । पहिलो नम्बरमा एरोन फिन्च छन् । उनले १७२ रन बनाएका छन् ।

५. ऐरीको नाममा नयाँ रेकर्ड

मंगोलियाविरुद्ध भएको खेलका क्रममा दीपेन्द्रसिंह ऐरीले पनि विश्व कीर्तिमान बनाएका छन् । मात्र ९ बलमा अर्धशतक बनाएका उनी टी-२० आईमा सबभन्दा कम बलमा ५० रन बनाउने व्याट्सम्यान बनेका छन् । यसअघि यो रेकर्ड भारतका युवराज सिंहको नाममा थियो । उनले १९ सेप्टेम्बर २००७ इंग्ल्याण्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए ।

६. स्ट्राइक रेटमा पनि ऐरीको कीर्तिमान

बुधबार ऐरीको नाममा अर्को पनि रेकर्ड दर्ज भयो । त्यो हो हाइएस्ट स्ट्राइक रेट । मात्र १० बलमा अविजित ५२ रन बनाएका उनको स्ट्राइक रेट ५२०.०० रहृयो । यसअघि यो रेकर्ड वेष्ट इण्डिजका डवेन स्मिथको नाममा थियो । १३ सेप्टेम्बर २००७ मा बंगलादेशविरुद्ध मात्र ७ बलमा २९ रन बनाएका उनको स्ट्राइक रेटमा ४१४.२८ थियो ।

७. ठूलो अन्तरको जित

नेपालले मंगोलियालाई २७३ रनले हरायो । टी-२० आईमा यो नै सबैभन्दा ठूलो अन्तरको जित हो । यसअघि ३० अगष्ट २०१९ मा चेक रिपब्लिकले टर्कीलाई २५७ रनको अन्तरले हराएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले अघि सारेका १७ नयाँ नीति (सूचीसहित)
प्रधानमन्त्रीले अघि सारेका १७ नयाँ नीति (सूचीसहित)
विद्युतीय पासोमा परेर सिरहामा १३ वर्षीया बालिकाको मृत्यु, एक महिनापछि खुल्यो रहस्य
विद्युतीय पासोमा परेर सिरहामा १३ वर्षीया बालिकाको मृत्यु, एक महिनापछि खुल्यो रहस्य
मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’
मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’
ललितपुरमा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध
ललितपुरमा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध
महासंघ र सरकारबीचको सहमतिमा राहत शिक्षकको असन्तुष्टि, प्रदर्शन जारी
महासंघ र सरकारबीचको सहमतिमा राहत शिक्षकको असन्तुष्टि, प्रदर्शन जारी
अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च
अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च
मन्त्री चौधरीको पहलमा गहुँ र चैते धानको मूल्य निर्धारण
मन्त्री चौधरीको पहलमा गहुँ र चैते धानको मूल्य निर्धारण
प्रतिनिधि सभा बैठकको शून्य समय : कुन सांसदले भने भने ?
प्रतिनिधि सभा बैठकको शून्य समय : कुन सांसदले भने भने ?
गगन थापाको दाबी- सदन खुलाउन प्रमुख दलबीच सहमति भइसक्यो, आजदेखि चल्छ
गगन थापाको दाबी- सदन खुलाउन प्रमुख दलबीच सहमति भइसक्यो, आजदेखि चल्छ
नेपालीको उद्धारका लागी नेपाल एयरलाइन्सको जहाज इजरायल पठाइँदै
नेपालीको उद्धारका लागी नेपाल एयरलाइन्सको जहाज इजरायल पठाइँदै