मुग्लिन सडकखण्डमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १०, २०८१
|
|
३१ पटक हेरिएको
Shares
मुग्लिन सडकखण्डमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

सारांश

  • चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको नौकिलो भन्ने स्थानमा आइतबार बेलुकी भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
  • दुई जना घाइते भएका छन् ।
  • नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख ३४९० नम्बरको ट्रक आइतबार बेलुका पौने सात बजेतिर सडक किनारमा पल्टिएको थियो ।

१० मंसिर, चितवन । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको नौकिलो भन्ने स्थानमा आइतबार बेलुकी भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख ३४९० नम्बरको ट्रक आइतबार बेलुका पौने सात बजेतिर सडक किनारमा पल्टिएको थियो । चामल बोकेको सो ट्रक पल्टिँदा च्यापिएका मकवानपुरको मकवानपुरगढी गाउँपालिका-६ बस्ने ३८ वर्षीय श्याम बजगाईं र सोही ठाउँका ३१ वर्षीय दीपक दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरु दुवै जनाको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका दुई जनाको सोही अस्पतालमा उपचार जारी छ ।दुर्घटनापछि फरार ट्रक चालक दिनेश पुडासैनीलाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी गत शनिबार चितवनको चित्रवन स्कुलका विद्यार्थीहरु सवार बस दुर्घटना हुँदा घाइते भएकाहरुमध्ये एक जनाको उपचारको क्रममा आज मृत्यु भएको छ । मृत्यु हुनेमा मृत्यु हुनेमा कालिका नगरपालिका-३ का सावित्री पोखरेलका ८ वर्षीय छोरा आरम्भ पोखरेल छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सबको अवसरमा राष्ट्रपति पौडेल टुँडिखेलमा
नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सबको अवसरमा राष्ट्रपति पौडेल टुँडिखेलमा
सर्लाहीमा १३१ उम्मेदवार कायम
सर्लाहीमा १३१ उम्मेदवार कायम
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगन्जबाट पक्राउ परेपछि समर्थकहरूद्वारा टायर बालेर प्रदर्शन
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगन्जबाट पक्राउ परेपछि समर्थकहरूद्वारा टायर बालेर प्रदर्शन
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
संसद् बैठकअघि प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक
संसद् बैठकअघि प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक
मन्त्री श्रेष्ठले गरिन १०० दिनको प्रगति विवरण सार्वजनिक
मन्त्री श्रेष्ठले गरिन १०० दिनको प्रगति विवरण सार्वजनिक
आफ्नै साथीको हत्या आरोपमा एक जना पक्राउ
आफ्नै साथीको हत्या आरोपमा एक जना पक्राउ
बीवाईडी बन्यो १ करोड ईभी उत्पादन गर्ने विश्वकै पहिलो ब्रान्ड
बीवाईडी बन्यो १ करोड ईभी उत्पादन गर्ने विश्वकै पहिलो ब्रान्ड
मधेशका मुख्यमन्त्री सरोज यादवले दिए राजीनामा
मधेशका मुख्यमन्त्री सरोज यादवले दिए राजीनामा
मुख्यमन्त्री सिंहको निर्देशनमा संयुक्त बजार अनुगमन, म्याद गुज्रिएका सामग्री नष्ट
मुख्यमन्त्री सिंहको निर्देशनमा संयुक्त बजार अनुगमन, म्याद गुज्रिएका सामग्री नष्ट