मोरङमा तरकारी बोक्ने ट्रकबाट तीन हजार १५० किलो गाँजा बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २९, २०८२
|
|
४८ पटक हेरिएको
Shares
मोरङमा तरकारी बोक्ने ट्रकबाट तीन हजार १५० किलो गाँजा बरामद

सारांश

  • मोरङको कटहरी गाउँपालिका–३ स्थित कटहरी चोकबाट प्रहरीले करिब तीन हजार १५० किलो गाँजा बरामद गरेको छ ।
  • शनिबार राति १०५ वटा बोरामा प्याक गरेर लैजाँदै गर्दा तरकारी बोक्ने ट्रकबाट गाँजा बरामद भएको हो ।
  •  कटहरी प्रहरी चौकीका वरिष्ठ सई भीम खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले राति १२ बजेतिर को १ ख ४५१८ नम्बरको ट्रक रोकेर खानतलासी गर्दा १०५ बोरा गाँजा फेला पारेको थियो ।

२९ असार, विराटनगर ।

मोरङको कटहरी गाउँपालिका–३ स्थित कटहरी चोकबाट प्रहरीले करिब तीन हजार १५० किलो गाँजा बरामद गरेको छ । शनिबार राति १०५ वटा बोरामा प्याक गरेर लैजाँदै गर्दा तरकारी बोक्ने ट्रकबाट गाँजा बरामद भएको हो । कटहरी प्रहरी चौकीका वरिष्ठ सई भीम खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले राति १२ बजेतिर को १ ख ४५१८ नम्बरको ट्रक रोकेर खानतलासी गर्दा १०५ बोरा गाँजा फेला पारेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङकी प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, ट्रकमा बन्दागोभीका बोराले छोपेर गाँजा राखिएको थियो । “भित्रि भागमा गाँजाका बोरा लुकाइएको थियो । शंका लागेपछि ट्रक नियन्त्रणमा लिइयो । गाँजा लुकाइएको ट्रक छाडेर चालक भने भागेका छन् । प्रहरी अहिले फरार चालकको खोजीमा छ,” उनले भनिन् । यसअघि धनलपान थानमा उखुबारीमा पनि गाँजा फेला परेको थियो । धनपालथानस्थित उखुबारीमा लुकाएर राखिएको ८०० केजी गाँजा बरामद भएको थियो । त्यसअघि ग्रामथान गाउँपालिका क्षेत्रमा पनि ठूलो परिमाणमा गाँजा भेटिएको थियो ।

डीएसपी चुँडालका अनुसार, गाँजा कहाँबाट ल्याइएको र को कसले पठाएको भन्ने खुलेको छैन । तर, प्रारम्भिक अनुमानअनुसार पहाडी जिल्लाबाट भारततर्फ तस्करी गर्न ल्याइएको हुनसक्ने आशंका छ । गाँजा बरामद गरिए पनि कारोबारी पक्राउ पर्न भने नसकिएको उनले बताइन् । कोसी प्रदेशमा धनकुटा र उदयपुरमा अधिक गाँजा उत्पादन हुने गर्दछ ।  गाँजाको खेती र यसको प्रवर्द्धन हुनुपर्ने भन्दै प्रतिनिधिसभा तथा प्रदेशसभामा समेत सांसदहरूले माग गर्दै आएका छन् । कानुनसम्मत उत्पादन गरी निकासी गर्न नसक्दा गाँजाबाट राष्ट्रिय आम्दानी बढ्ने सांसदहरूको तर्क छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अख्तियारमा उजुरीका चाङ, ८ महिनामा ९११ वटा उजुरी
अख्तियारमा उजुरीका चाङ, ८ महिनामा ९११ वटा उजुरी
अनिल सिन्हाले सम्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी
अनिल सिन्हाले सम्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी
आर्थिक वर्ष सकिन ४५ दिन बाँकी रहँदा बजेट खर्च ६४ प्रतिशत मात्र
आर्थिक वर्ष सकिन ४५ दिन बाँकी रहँदा बजेट खर्च ६४ प्रतिशत मात्र
सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन्: योगेश भट्टराई
सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन्: योगेश भट्टराई
सहकारीसम्बन्धी संसदीय छानबिन समितिले प्रधानमन्त्रीसँग छलफलल गर्दै
सहकारीसम्बन्धी संसदीय छानबिन समितिले प्रधानमन्त्रीसँग छलफलल गर्दै
रवि लामिछानेलाई बयानका लागि रूपन्देही लैजाने तयारी
रवि लामिछानेलाई बयानका लागि रूपन्देही लैजाने तयारी
रास्वपा सर्लाहीको अधिवेशन अनिश्चितकालका लागि स्थगित
रास्वपा सर्लाहीको अधिवेशन अनिश्चितकालका लागि स्थगित
बजेटमा कर्मचारीले गडबड गरे,अनुसन्धान गर्दैछौं :मुख्यमन्त्री सिंह
बजेटमा कर्मचारीले गडबड गरे,अनुसन्धान गर्दैछौं :मुख्यमन्त्री सिंह
काठमाडौं महानगरका कर्मचारीले सोमबार तलब पाउने, प्रमुख प्रशासकीय अधिकृतले लगाए तोक
काठमाडौं महानगरका कर्मचारीले सोमबार तलब पाउने, प्रमुख प्रशासकीय अधिकृतले लगाए तोक
ललितपुरका यी ठाउँमा आज विद्युत सेवा अवरुद्ध
ललितपुरका यी ठाउँमा आज विद्युत सेवा अवरुद्ध