कानूनमन्त्रीलाई सांसद चन्दको प्रश्नः ०८४ को चुनावमा ३३ प्रतिशत महिला उम्मेदवारी दिन पाउँछन् कि पाउँदैनन् ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १३, २०८२
|
|
३१ पटक हेरिएको
Shares
कानूनमन्त्रीलाई सांसद चन्दको प्रश्नः ०८४ को चुनावमा ३३ प्रतिशत महिला उम्मेदवारी दिन पाउँछन् कि पाउँदैनन् ?

सारांश

  • राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा एकीकृत निर्वाचन व्यवस्थापन विधेयकको खोजिएको भएको छ ।
  • मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकमा नेकपा (माओवादी केन्द)की सांसद रेणु चन्दले उक्त विधेयकको खोजि गर्नुभएको हो ।
  • एकीकृत निर्वाचन व्यवस्थापन विधेयक कता छ ?

१३ साउन, काठमाडौैं ।

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा एकीकृत निर्वाचन व्यवस्थापन विधेयकको खोजिएको भएको छ । मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकमा नेकपा (माओवादी केन्द)की सांसद रेणु चन्दले उक्त विधेयकको खोजि गर्नुभएको हो । एकीकृत निर्वाचन व्यवस्थापन विधेयक कता छ ? कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसीयलाई सांसद चन्दले सोध्नुभयो ।

उहाँले संक्रमणकालीन न्याय प्रक्रिया (टिआरसी) को प्रगति विवरणबारे समितिलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गर्नुभयो । उहाँले अगामी संसदीय निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवार हुने सुनिश्चितताका लागि पनि निर्वाचनसम्बन्धी विधेयक अगाडि बढाउन माग गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘टिआरसीको प्रगति विवरण के छ ? अर्को शान्ती कोष स्थापना गरिनेछ भन्नु भएको छ । त्यो बन्यो कि बनेन ? एकीकृत निर्वाचन व्यवस्थापन विधेयक कता छ ? गृहलाई सोध्दाखेरी कानूनमा गएको छ भनेको छ ? यस्तो स्थिति के छ ?

मैले आज तपाईबाट एउटा कमिटमेन्ट पनि खोजेको छु यो विधेयक संसदमा पेस गर्ने समय कहिले हुनसक्छ ? ०८४ को चुनावमा ३३ प्रतिशत महिलाहरु उम्मेदवारी दिएर लड्न पाउँछन् कि पाउँदैनन् ?’ उहाँले बाल विवाह गैरकानूनी रहेको स्पष्ट व्यवस्था हुँदाहुँदै पनि यौन सम्पर्क भए÷गरेको आधारमा विहे गराईदिने प्रवृत्ति बढेको भन्दै यसमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली–प्रचण्ड टेलिफोन संवाद, संसद्‍को अवरोध खुलाइदिन ओलीको आग्रह
ओली–प्रचण्ड टेलिफोन संवाद, संसद्‍को अवरोध खुलाइदिन ओलीको आग्रह
प्रहरी परिसरमै किन आत्म*दाहमा उत्रिए नथुनी मुखिया?
प्रहरी परिसरमै किन आत्म*दाहमा उत्रिए नथुनी मुखिया?
प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जनाको मृ*त्यु, ४ नयाँ भेरियन्ट पुष्टि
भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जनाको मृ*त्यु, ४ नयाँ भेरियन्ट पुष्टि
बजेटमा दोहोरोपना छैन : प्रधानमन्त्री
बजेटमा दोहोरोपना छैन : प्रधानमन्त्री
मेस्सीको गोलमा अर्जेन्टिनालाई अग्रता
मेस्सीको गोलमा अर्जेन्टिनालाई अग्रता
नेपाल टेलिकमकमको सिममा डेटा सकिँदा स्वतः पैसा कट्ने व्यवस्थाको अन्त्य
नेपाल टेलिकमकमको सिममा डेटा सकिँदा स्वतः पैसा कट्ने व्यवस्थाको अन्त्य
चक्रघट्टाको १४ औं गाउँसभा सम्पन्न, ३९ करोडको बजेट प्रस्तुत
चक्रघट्टाको १४ औं गाउँसभा सम्पन्न, ३९ करोडको बजेट प्रस्तुत
अमेरिकामा विमान दुर्घटना : पाइलटसहित ६ जनाको मृ*त्यु
अमेरिकामा विमान दुर्घटना : पाइलटसहित ६ जनाको मृ*त्यु
प्रहरी कार्यालयमा विचौलियाको प्रवेश रोक्न आइजी कार्कीको निर्देशन
प्रहरी कार्यालयमा विचौलियाको प्रवेश रोक्न आइजी कार्कीको निर्देशन