शुक्लाफाँटा निकुञ्ज विस्थापितको समस्या समाधान गर्न अध्ययन समिति गठन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ १८, २०८३
|
|
१२९ पटक हेरिएको
Shares
शुक्लाफाँटा निकुञ्ज विस्थापितको समस्या समाधान गर्न अध्ययन समिति गठन

सारांश

  • कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूको दीर्घकालीन समस्या समाधानका लागि चार सदस्यीय अध्ययन समिति गठन गरेकी छन् ।
  • मन्त्रालयका अनुसार समितिलाई हालसम्म गठन भएका विभिन्न आयोगका सिफारिसहरूको अध्ययन गरी एक महिनाभित्र विस्थापित परिवारको उचित व्यवस्थापनका लागि स्पष्ट मार्गचित्र तयार गर्न जिम्मेवारी दिइएको छ ।
  • समितिले समस्या समाधानका उपाय, कार्यान्वयनका तरिका तथा आवश्यक सिफारिसहरू सरकारसमक्ष पेश गर्नेछ ।

काठमाडौं ।

कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूको दीर्घकालीन समस्या समाधानका लागि चार सदस्यीय अध्ययन समिति गठन गरेकी छन् । मन्त्रालयका अनुसार समितिलाई हालसम्म गठन भएका विभिन्न आयोगका सिफारिसहरूको अध्ययन गरी एक महिनाभित्र विस्थापित परिवारको उचित व्यवस्थापनका लागि स्पष्ट मार्गचित्र तयार गर्न जिम्मेवारी दिइएको छ । समितिले समस्या समाधानका उपाय, कार्यान्वयनका तरिका तथा आवश्यक सिफारिसहरू सरकारसमक्ष पेश गर्नेछ ।

समितिलाई विगतका आयोगहरूको प्रतिवेदन अध्ययन गर्नुका साथै आवश्यक परे नयाँ आयोग गठन गर्नुपर्ने आधार र त्यसको कार्यादेश (टीओआर) समेत तयार गरी सुझाव दिन भनिएको छ । मन्त्री चौधरीका अनुसार वन्यजन्तु सिकार आरक्षदेखि राष्ट्रिय निकुञ्जमा स्तरोन्नति हुने प्रक्रियामा निकुञ्जभित्र रहेका बस्तीहरू स्थानान्तरण गरिए पनि जग्गा तथा पुनःस्थापनासम्बन्धी समस्या हालसम्म समाधान हुन सकेको छैन । यही अवस्थालाई मध्यनजर गर्दै विस्थापित परिवारको उचित व्यवस्थापनका लागि अध्ययन समिति गठन गरिएको उनले बताइन् । सरकारले समितिको प्रतिवेदनका आधारमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूको समस्या समाधानका लागि आवश्यक नीति तथा कार्यक्रम अघि बढाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै
गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै
मोरङको जंगलमा वृद्धाको शव फेला
मोरङको जंगलमा वृद्धाको शव फेला
कोशी सरकारले १४ वटै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गर्ने
कोशी सरकारले १४ वटै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गर्ने
नेप्सेमा सामान्य अंकको वृद्धि, ११ अर्ब ४४ करोडको कारोबार
नेप्सेमा सामान्य अंकको वृद्धि, ११ अर्ब ४४ करोडको कारोबार
निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह
निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह
दक्षिणी चीनमा ‘तुफान माट्मो’ को प्रभावः २ लाख ७१ हजारभन्दा बढी मानिसको स्थानान्तरण
दक्षिणी चीनमा ‘तुफान माट्मो’ को प्रभावः २ लाख ७१ हजारभन्दा बढी मानिसको स्थानान्तरण
किराँत समुदायको उधौंली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति
किराँत समुदायको उधौंली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति
सातै प्रदेश र ७७ जिल्लाका सभापतिलाई पोखरामा प्रशिक्षण दिंदै कांग्रेस
सातै प्रदेश र ७७ जिल्लाका सभापतिलाई पोखरामा प्रशिक्षण दिंदै कांग्रेस
भियतनामकी उपराष्ट्रपति नेपाल आइपुगिन्
भियतनामकी उपराष्ट्रपति नेपाल आइपुगिन्
नक्कली भारतीय नोटसहित कञ्चनपुरबाट ५ जना पक्राउ
नक्कली भारतीय नोटसहित कञ्चनपुरबाट ५ जना पक्राउ