गभर्नर नियुक्तिमा अनेकौँ चलखेल भइरहेकाे छ : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २, २०८२
|
|
१५ पटक हेरिएको
Shares
गभर्नर नियुक्तिमा अनेकौँ चलखेल भइरहेकाे छ : प्रचण्ड

सारांश

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिमा अनेक खालका चलखेल भइरहेको आरोप लगाएका छन् ।
  • मध्यपहाडी लोकमार्ग आन्तर्गत सुदूरपश्चिम स्थिति बैतडीको पाटनबाट शुक्रबार सुरु भएको जागरण अभियानको उद्घाटन गर्दै उनले सुशासनको खिलापमा सरकार अगाडि बढिरहेको आरोप लगाए ।
  • ‘राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्त हुनुपर्ने पद हो ।

 

२ जेठ, काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिमा अनेक खालका चलखेल भइरहेको आरोप लगाएका छन् । मध्यपहाडी लोकमार्ग आन्तर्गत सुदूरपश्चिम स्थिति बैतडीको पाटनबाट शुक्रबार सुरु भएको जागरण अभियानको उद्घाटन गर्दै उनले सुशासनको खिलापमा सरकार अगाडि बढिरहेको आरोप लगाए ।

‘राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्त हुनुपर्ने पद हो । सरकारले अहिलेसम्म नियुक्त गर्न सकेको छैन । त्यसमा अनेक खलाका चलखेल भइराखेको छ । यी सबै कारणले यो सरकार विल्कुल गलत दिशामा गइराखेको छ’, उनले भने, ‘राष्ट्र र जनताको हितविपरित गइराखेको छ । मजदुर किसानको हितविपरित गएको छ । हामीले सरकारलाई चुनौती दिएर हिँडेका छौँ । अझै पनि मध्यपहाडी मार्गमा खबरदारी गर्दै जानेछौँ ।’

प्रतिपक्षी दलको खबरदारीलाई सरकारले सुन्न नचाहिरहेको भन्दै प्रचण्डले जनताको आवाजलाई बेवास्ता गरेर भ्रष्टाचार र विकृतिलाई संरक्षण गरे ठुलो मुल्य चुकाउनु पर्ने चेतावनी समेत दिए । साथै मध्यपहाडी लोक मार्ग माओवादीको पहलमा निर्माण भएको उनले दाबी गरे । १८८९ किलोमिटर भित्र पर्ने १० वटा ठुला स्मार्ट सिटी बनाउने अवधारणा माओवादीकै अगुवाइमा भएको जिकिर समेत गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?