सर्लाहीमा रकम असुली गरेको भिडियो सार्वजनिक भएपछि दुई सशस्त्र प्रहरीको जिम्मेवारी खोसियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र १२, २०८२
|
|
१५० पटक हेरिएको
Shares
सर्लाहीमा रकम असुली गरेको भिडियो सार्वजनिक भएपछि दुई सशस्त्र प्रहरीको जिम्मेवारी खोसियो

सारांश

  •   सर्लाहीको सखुवाबा सीमा नाकामा रकम असुली गरेको भिडिओ सार्वजनिक भएपछि दुई सशस्त्र प्रहरीको जिम्मेवारी खोसिएको छ ।
  • यस विषयमा सशस्त्र प्रहरीले आन्तरिक छानबिन समेत अगाडि बढाइएको छ ।
  •   सर्लाहीको सखुवाबा  बोर्डर आउट पोस्ट (बीओपी)का नायब निरीक्षक (सई) लेखराज बिष्टको जिम्मेवारी खोसेर छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासमा राखेर छानबिन शुरू गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

१२ भदौ, सर्लाही । 

सर्लाहीको सखुवाबा सीमा नाकामा रकम असुली गरेको भिडिओ सार्वजनिक भएपछि दुई सशस्त्र प्रहरीको जिम्मेवारी खोसिएको छ । यस विषयमा सशस्त्र प्रहरीले आन्तरिक छानबिन समेत अगाडि बढाइएको छ ।  सर्लाहीको सखुवाबा  बोर्डर आउट पोस्ट (बीओपी)का नायब निरीक्षक (सई) लेखराज बिष्टको जिम्मेवारी खोसेर छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासमा राखेर छानबिन शुरू गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अुनसार  हवल्दार सुमन चौधरीलाई भने १० नम्बर गण सर्लाहीमा तानेर छानबिन अघि बढाइएको छ । सई बिष्ट र हवल्दार चौधरीले भारतीय तस्करलाई लाइन मिलाइदिएवापत २२ हजार रूपैयाँ बुझेको भिडिओ सार्वजनिक भएको थियो ।  उक्त भिडिओ भदौ ८ गते रातिको रहेको बताइएको छ । तर, भिडिओ भने बुधबार मात्रै सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?