काठमाडौँमा ह्वात्तै घट्यो वायु प्रदूषण, २ दिनअघि विश्वमै पहिलो नेपाल अहिले ४२ नम्बरमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ३०, २०८१
|
|
५७ पटक हेरिएको
Shares
काठमाडौँमा ह्वात्तै घट्यो वायु प्रदूषण, २ दिनअघि विश्वमै पहिलो नेपाल अहिले ४२ नम्बरमा

सारांश

  •   विश्वकै वायु गुणस्तर मापन गर्ने  ‘एअर क्वालिटी इन्डेक्स’को सूचीमा २ दिनअघि मात्र पहिलो नम्बरमा रहेको नेपाल आज ४२औँ नम्बरमा झरेको हो।
  •   नेपाली समयानुसार आज (शनिबार) दिउँसो १:१५ बजेको सूचीमा काठमाडौँ, नेपाल विश्वका वायु पदूषित सरहमध्ये ४२औँ नम्बरमा झरेको छ।
  • यतिबेला काठमाडौँको वायु गुणस्तर सूचकांक (एक्यूआई) ६७ मात्र छ।

 

३० चैत, काठमाडौँ :

वर्षा र हावाहुरीसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण ह्वात्तै घटेको छ।  विश्वकै वायु गुणस्तर मापन गर्ने  ‘एअर क्वालिटी इन्डेक्स’को सूचीमा २ दिनअघि मात्र पहिलो नम्बरमा रहेको नेपाल आज ४२औँ नम्बरमा झरेको हो।  नेपाली समयानुसार आज (शनिबार) दिउँसो १:१५ बजेको सूचीमा काठमाडौँ, नेपाल विश्वका वायु पदूषित सरहमध्ये ४२औँ नम्बरमा झरेको छ।

यतिबेला काठमाडौँको वायु गुणस्तर सूचकांक (एक्यूआई) ६७ मात्र छ। ५० सम्मको एक्यूआईलाई सन्तोषजनक र १५० देखि २ सयसम्मलाई अस्वस्थ मानिन्छ। अहिले विश्वकै सबैभन्दा बढी वायु प्रदूषण चीनको वुहान सहर बनेको छ। त्यहाँ यतिबेला एक्यूआई २५० छ।  लामो समय वर्षा नहुँदा र हावाहुरी नचल्दा काठमाडौँ उपत्यकामा वायू प्रदूषण निकै बढेको थियो।  दुई/तीन दिनयता हावाहुरीसँग वर्षा हुन थालेपछि वायु प्रदूषण घट्दै गएको हो।  काठमाडौँ उपत्यकामा आज बिहान पनि हावाहुरीसहित पानी परेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ