बुधबार पनि बैंकिङ प्रणालीबाट २० अर्ब खिच्दै राष्ट्र बैंक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २२, २०८२
|
|
२८ पटक हेरिएको
Shares
बुधबार पनि बैंकिङ प्रणालीबाट २० अर्ब खिच्दै राष्ट्र बैंक

सारांश

  •   राष्ट्र बैंकले बुधबार पनि बैंकहरूको प्रणालीबाट २० अर्ब रूपैयाँ खिच्ने भएको छ।
  • राष्ट्र बैंकले ११ दिनको लागि निक्षेप तान्न लागेको हो।
  • मंगलबार पनि राष्ट्र बैंकले ९० अर्ब रकम खिच्न आह्वान जारी गरेको थियो।

२२ असोज, काठमाडौं । 

राष्ट्र बैंकले बुधबार पनि बैंकहरूको प्रणालीबाट २० अर्ब रूपैयाँ खिच्ने भएको छ। राष्ट्र बैंकले ११ दिनको लागि निक्षेप तान्न लागेको हो। मंगलबार पनि राष्ट्र बैंकले ९० अर्ब रकम खिच्न आह्वान जारी गरेको थियो। मंगलबार बैंकहरूले २.७४ प्रतिशतमा ७४ अर्ब ५५ करोड रूपैयाँ राखेका छन्।  राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत बैंकहरूमा उब्रिएको यस्तो रकम तान्ने गर्छ।  त्यस्तै, पुँजी कम हुँदा बैंकहरूको प्रणालीमा पैसाको प्रवाह बढाउने गर्छ।

निक्षेप संकलन र स्थायी निक्षेप सुविधा जस्ता वित्तीय उपकरण मार्फत विभिन्न अवधिको लागि राष्ट्र बैंकले बैंकहरूबाट पैसा तान्ने गर्छ। एक वर्षभन्दा लामो समयदेखि बैंकहरूमा पैसा थुप्रिएको छ। पैसा थुप्रिए पनि त्यही अनुसार बैंकहरूले कर्जा लगानी बढाउन नसक्दा राष्ट्र बैंकले उब्रिएको रकम तान्ने गर्छ।  राष्ट्र बैंकको तथ्यांक अनुसार मंगलबारसम्म बैंकहरूले यसरी राखेको रकम सात खर्ब ६७ अर्ब रूपैयाँ पुगेको छ।  कर्जा लगानी बढ्न नसक्दा अहिले बैंकिङ प्रणालीमा १० खर्ब २६ अर्ब हाराहारी रकम (तरलता) छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा
काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा
आपूर्ति सहज बनाउन ग्याँस उद्योगलाई आयल निगमको निर्देशन
आपूर्ति सहज बनाउन ग्याँस उद्योगलाई आयल निगमको निर्देशन
झापा ५ मा झाँकीसहित बालेनले मनोनयन दर्ता गर्ने, ३ हजार सहभागी गराउने तयारी
झापा ५ मा झाँकीसहित बालेनले मनोनयन दर्ता गर्ने, ३ हजार सहभागी गराउने तयारी
नाउपाले आजै सरकार छोड्ने, राज्यमन्त्री चौधरीले राजीनामा दिँदै
नाउपाले आजै सरकार छोड्ने, राज्यमन्त्री चौधरीले राजीनामा दिँदै
एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै
एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै
कंगोमा इबोला संक्रमण फैलिँदै, मृ*तक संख्या ९६७ पुग्यो
कंगोमा इबोला संक्रमण फैलिँदै, मृ*तक संख्या ९६७ पुग्यो
‘अन्तर्राष्ट्रिय कम्युनिष्ट एकता र साम्राज्यवादी युद्धविरुद्ध साझा प्रतिरोधको आवश्यकता’
‘अन्तर्राष्ट्रिय कम्युनिष्ट एकता र साम्राज्यवादी युद्धविरुद्ध साझा प्रतिरोधको आवश्यकता’
निजामती अस्पतालका कर्मचारी ८ दिनदेखि आन्दोलनमा
निजामती अस्पतालका कर्मचारी ८ दिनदेखि आन्दोलनमा
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै