Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सर्लाहीमा १३ गते बाट दादुरा-रुबेला खोप अभियान सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ६, २०८०
|
|
४५ पटक हेरिएको
Shares
सर्लाहीमा १३ गते बाट दादुरा-रुबेला खोप अभियान सुरु

सारांश

  • सर्लाहीमा फागुन १३ गते बाट दादुरा/रुबेला खोप अभियान सुरु हुने भएको छ ।
  • मलंगवा नगरपालिकामा रहेको श्रीमति कृष्णादेवी जनता मा.
  • वि मा दादुरा/रुबेला खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यलय सर्लाहीका प्रमुख नवल किशोर झाले जानकारी दिए ।

६ फागुन, सर्लाही। सर्लाहीमा फागुन १३ गते बाट दादुरा/रुबेला खोप अभियान सुरु हुने भएको छ । मलंगवा नगरपालिकामा रहेको श्रीमति कृष्णादेवी जनता मा.वि मा दादुरा/रुबेला खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यलय सर्लाहीका प्रमुख नवल किशोर झाले जानकारी दिए ।

दादुरा/रुबेला खोप फागुन १३ गते शुभारम्भ भइ १६ देखि २२ गते सम्म चल्ने छ ।  सर्लाहीको २० वटा पालिकाको  २ सय ४ वटा खोप केन्द्रहरुमा दादुरा/रुबेला विरुद्धको खोप बालबालिकालाई लगाइने प्रमुख झाले बताए । खोप ९ महिना देखि १५ वर्ष सम्मका बालबालिकाहरुलाई लगाइने छ। खोप संचालन गर्नु पुर्व स्वास्थ्य चौकीका कर्मचारी, महिला स्वयंसेविका, शिक्षकहरुलाई तालिम प्रदान गरिने छ । बी:स २०३४ साल देखि नेपालमा राष्ट्रिय खोप कार्यक्रम सुरु भएको हो। सो कार्यक्रम मार्फत १३ थरीका एन्टीजेन खोप बालबालिकालाई दिन सुरु गरिएको स्वास्थ्य कार्यलय सर्लाहीले जनाएको छ ।

नेपालमा नियमित खोप १५ महिना सम्मका बालबालिकालाई १६ हजार भन्दा बढी खोपकेन्द्र मार्फत खोप लगाउने गरिएको छ। अहिले पनि १६ प्रतिशत बालबालिका खोप बाट बञ्चित छन् भने ४% बालबालिका शुन्य डोजमा रहेको छ । हाल सर्लाही जिल्ला भरी ७ सय २० वटा नियमित खोपकेन्द्रहरु रहेका छन । दादुरा/रुबेला खोप अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, खोप समन्वय समितिका अध्यक्ष कौशल किशोर सिंह, युनिसेफका प्रतिनिधि मेघराज मगर, जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पजियार थारु लगायत सर्लाहीका पत्रकारहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३ दिनमा सर्लाहीसहित यी ९ जिल्लामा बाढीको ठूलो सम्भावना, सतर्कता अपनाउनुहुन अनुरोध
३ दिनमा सर्लाहीसहित यी ९ जिल्लामा बाढीको ठूलो सम्भावना, सतर्कता अपनाउनुहुन अनुरोध
शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर छ : देउवा
शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर छ : देउवा
रोल्पाबाट सुन्तला बोकेर दाङ जाँदै गरेको पिकअप दुर्घटना : चालकको मृत्यु, तीनजना गम्भीर घाइते
रोल्पाबाट सुन्तला बोकेर दाङ जाँदै गरेको पिकअप दुर्घटना : चालकको मृत्यु, तीनजना गम्भीर घाइते
हरिवनमा २९ वटा सिसिटिभी जडान र ट्राफिक प्रहरी पोष्टको समुद्घाटन
हरिवनमा २९ वटा सिसिटिभी जडान र ट्राफिक प्रहरी पोष्टको समुद्घाटन
निर्वाचनमा सहभागी दलहरु अनुशासनको परिधिभित्र रहन आग्रह
निर्वाचनमा सहभागी दलहरु अनुशासनको परिधिभित्र रहन आग्रह
आजको मौसम : सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षाको सम्भावना
आजको मौसम : सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षाको सम्भावना
पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व
पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व
पर्यटन, सांस्कृतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा सभामुख अर्यालको जोड
पर्यटन, सांस्कृतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा सभामुख अर्यालको जोड
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैँ
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैँ
बाघको आक्रमणबाट एक जनाको मृत्यु
बाघको आक्रमणबाट एक जनाको मृत्यु