पर्यटन, सांस्कृतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा सभामुख अर्यालको जोड

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २५, २०८३
|
|
८२ पटक हेरिएको
Shares
पर्यटन, सांस्कृतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा सभामुख अर्यालको जोड

सारांश

  • प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नेपालको कूटनीतिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन दिगो पर्यटन, सम्पदा संरक्षण र सुरक्षित कूटनीतिक अभ्यास आवश्यक रहेको बताएका छन् ।
  • शुक्रबार नेपाल विश्व सम्बन्ध परिषद्को ७८औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै सभामुख अर्यालले नेपालको कूटनीतिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन सुरक्षित कूटनीतिक अभ्यास आवश्यक रहेको बताएका हुन् ।
  • उनले वर्तमान विश्व परिवेशमा नेपालले अवसर र चुनौती दुवैको सामना गरिरहेको उल्लेख गरे ।

 

काठमाडौं ।

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नेपालको कूटनीतिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन दिगो पर्यटन, सम्पदा संरक्षण र सुरक्षित कूटनीतिक अभ्यास आवश्यक रहेको बताएका छन् । शुक्रबार नेपाल विश्व सम्बन्ध परिषद्को ७८औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै सभामुख अर्यालले नेपालको कूटनीतिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन सुरक्षित कूटनीतिक अभ्यास आवश्यक रहेको बताएका हुन् ।

उनले वर्तमान विश्व परिवेशमा नेपालले अवसर र चुनौती दुवैको सामना गरिरहेको उल्लेख गरे ।
उनले भने, ‘विश्वव्यापी रुपमा नेपाललाई कूटनीतिक र सांस्कृतिक सम्बन्धहरुलाई थप सुदृढ बनाउने पर्यटन क्षेत्रमा दिगो विकास र संरक्षण सुरक्षित सबल कूटनीतिक अभ्यास गर्नुपर्ने हुन्छ । आजको विश्व परिवेशमा अनेकौ चुनौति र अवसरहरुको सामना गरिरहेका छौ । विश्वव्यापी महामारीको प्रभावले यात्रा, पर्यटन र सम्पदाको संरक्षणमा नया चुनौतिहरु सिर्जना गरिरहेको छ ।’

उनले विश्वव्यापी महामारीको प्रभावले यात्रा, पर्यटन तथा सम्पदा संरक्षण क्षेत्रमा नयाँ चुनौती सिर्जना गरेको भन्दै त्यसलाई सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य र प्रभावकारी कूटनीतिक अभ्यास आवश्यक रहेको बताए ।

सभामुख अर्यालले अहिलेको विश्व परिवेशमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक प्रयोगको महत्व अझ बढेको उल्लेख गरे । उनले असंलग्न परराष्ट्र नीतिमा आधारित नेपालको राष्ट्रिय पहिचानलाई विश्वसामु सकारात्मक रूपमा प्रस्तुत गर्न सक्षम कूटनीतिले ठूलो भूमिका खेल्ने धारणा राखे ।

‘अहिलेको विश्वपरिवेशमा अन्तराष्ट्रिय सम्बन्धहरु र कूटनीतिक प्रयोगको अझ बढी महत्व रहेको छ । असङलग्न नीतिको आधारमा रहेको हाम्रो राष्ट्रिय पहिचान र विश्वसामु नेपालको सकरात्मक छबी निर्माण गर्न हामीले अवलम्बन गर्ने कुटनीतिले ठुलो भूमिका खेल्न सक्छ,’ उनले भने ।

उनले नेपालको आर्थिक समृद्धि र समुन्नत समाज निर्माणका लागि विश्व समुदायसँगको सम्बन्धलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए ।
‘हामीले विश्व कूटनीतिक सम्बन्धहरुलाई अझ सुदृढ बनाउने नेपालको आर्थिक समृद्धि सम्मुनत समाज निर्माणको लागि अन्तर्राष्ट्रिय सम्बन्धलाई अझ बलियो बनाउन आवश्यक छ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?