Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम बढ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ३०, २०८२
|
|
३६ पटक हेरिएको
Shares
नेप्सेमा सामान्य गिरावट, कारोबार रकम बढ्यो

सारांश

  • साताको पहिलो कारोबार दिन नेप्से परिसुचकमा सामान्य गिरावट आएको छ ।
  • अघिल्लो कारोबार बिहीबार ०.
  • ३१ अंकले बढेर २५४४.

३० कात्तिक, काठमाडौं ।

साताको पहिलो कारोबार दिन नेप्से परिसुचकमा सामान्य गिरावट आएको छ । अघिल्लो कारोबार बिहीबार ०.३१ अंकले बढेर २५४४.९१ विन्दुमा उक्लीएको नेप्से परिसुचक आईतबार ५.१५ अंकले घटेर २५४०.५७ अंकमा झरेको छ ।नेप्सेमा सामान्य अंकले गिरावट आएपनि कारोबार रकमभने अघिल्लो दिनको तुलनामा सामान्य वृद्धि भएको छ । बिहीबार ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार रुपैयाँको ७६ लाख ५ हजार ५ सय कित्ता शेयर किनबेच भएको बजारमा यसदिन कुल ३३७ स्टकको ३ अर्ब ८९ करोड ३९ लाख ७५ हजार रुपैयाँको ७९ लाख ५७ हजार कित्ता कारोबार भएको छ । यो किनबेच ४७ हजार १७६ पटकको कारोबारमा भएको हो ।


यसदिन सेन्सेटिभ इन्डेक्स १.४४ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०.५० अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंकले घटेको छ ।
यस दिन सागर डिस्टीलरी, बुङ्गल हाइड्रो, बन्दीपुर केबलकार र नबिल डिबेन्चरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिस्टलिरीको शेयर मूल्य प्रतिकित्ता ५१.४० रुपैयाँले बढेर ५६५.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

आज कारोबारमा आएको मध्ये भुगोल इनर्जी डेभलप्मेन्टको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस कम्पनीको शेयर प्रतिकित्ता १० प्रतिशतले घटेर ६४४.४० रपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, रुरु जलविद्युत कम्पनीको शेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले घटेको छ । कारोबार रकमका आधारमा यस दिन एसबिल डिबेन्चर ८९, नेपाल रि इन्स्योरेन्स कम्पनी र माउन्टेन इनर्जीको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।
यसदिन १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । यस दिन होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ । यस दिन घटेका उपसमूहहरुको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले नै देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गर्‍यो : महेश बस्नेत
सरकारले नै देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गर्‍यो : महेश बस्नेत
६.५ डिग्रीमा झर्‍यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम
६.५ डिग्रीमा झर्‍यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम
विभिन्न कारागारबाट भागेका १२ कैदीबन्दी गोरखाबाट पक्राउ
विभिन्न कारागारबाट भागेका १२ कैदीबन्दी गोरखाबाट पक्राउ
नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि सामूहिक प्रतिबद्धता आवश्यक : बालेन
नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि सामूहिक प्रतिबद्धता आवश्यक : बालेन
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी तुलाधरलाई
कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी तुलाधरलाई
मुलुकमा राजतन्त्रको कुनै औचित्य छैन, माधव नेपाल
मुलुकमा राजतन्त्रको कुनै औचित्य छैन, माधव नेपाल
अर्थमन्त्री पौडेलद्वारा समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन
अर्थमन्त्री पौडेलद्वारा समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन
ट्रम्पले भारतसहित ९२ देशमाथि लगाए भन्सार शुल्क, सूचीमा छैन चीन
ट्रम्पले भारतसहित ९२ देशमाथि लगाए भन्सार शुल्क, सूचीमा छैन चीन
धनगढीस्थित परराष्ट्रमन्त्री आरजुको घरमा पनि आगजनी
धनगढीस्थित परराष्ट्रमन्त्री आरजुको घरमा पनि आगजनी