पराजित भएपछि सोमपाल कामी भन्छन्: अबको खेलमा कम ब्याक गर्नेछौं

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २, २०८२
|
|
२२ पटक हेरिएको
Shares
पराजित भएपछि सोमपाल कामी भन्छन्: अबको खेलमा कम ब्याक गर्नेछौं

सारांश

  •    कर्णाली याक्सका क्याप्टेन सोमपाल कामीले टिमको केही कमजोरी र चितवनको राम्रो ब्याटिङ्का कारण खेल हारेको बताएका छन् ।
  • मंगलबार भएको खेल पश्चात पत्रकारहरुसँग कुराकानी गर्दै उनले केही कमजोरीका कारण खेल हारेको भन्दै अब आउने खेलमा राम्रो गर्ने बताए ।
  • उनले भने, ‘हाम्रो केही कमजोरी र चितवनको राम्रो ब्याटिङ्का कारण आजको खेल हार्न पुगेका छौ ।

 

२ मंसिर, काठमाडौं ।  

कर्णाली याक्सका क्याप्टेन सोमपाल कामीले टिमको केही कमजोरी र चितवनको राम्रो ब्याटिङ्का कारण खेल हारेको बताएका छन् ।
मंगलबार भएको खेल पश्चात पत्रकारहरुसँग कुराकानी गर्दै उनले केही कमजोरीका कारण खेल हारेको भन्दै अब आउने खेलमा राम्रो गर्ने बताए ।
उनले भने, ‘हाम्रो केही कमजोरी र चितवनको राम्रो ब्याटिङ्का कारण आजको खेल हार्न पुगेका छौ ।

खेल अझै लामो छ, कम ब्याक गर्नेछौं । अब आउने खेलमा राम्रै गर्नुपर्ने हुन्छ ।’ उनले खेलमा गल्तीहरु हुन्छ आज पनि त्यही भएको भन्दै अबको खेलमादुइसय प्रतिशत कम ब्याक गर्ने दाबी गरेका छन् । यस्तै, चितवन राइनोजको प्रशिक्षक कमल अलिले सोचेको जस्तो सुरुवात भएको कारण खेल जित्न सफल भएको बताए । उनले भने, ‘हामीले सोचेको जस्तो सुरुवात त भएको हो । योजना बनाएर पनि आएका थियौ त्यसकारण खेल जित्न पनि सफल भयौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?