युवा संघका कार्यकर्तामाथि आक्रमण, तीन जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २७, २०८१
|
|
३३ पटक हेरिएको
Shares
युवा संघका कार्यकर्तामाथि आक्रमण, तीन जना घाइते

सारांश

  • प्रहरीले घटनामा संलग्न खगेन्द्र खालिङ राईलाई पक्राउ गरेको छ ।
  • घटनामा संलग्न अन्य केही फरार रहेका छन् ।
  •   घटना पश्चात् उनलाई बिर्तामोड नगरपालिका–२ स्थित चारपानेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

२७ फागुन, झापा : झापाको बिर्तामोडमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला इन्चार्ज खगेन्द्रराज आङ्देम्बेसहित तीनजना माथि गएराति धारिलो हतियार प्रयोग गरी आक्रमण गरिएको छ । प्रहरीले घटनामा संलग्न खगेन्द्र खालिङ राईलाई पक्राउ गरेको छ । घटनामा संलग्न अन्य केही फरार रहेका छन् ।  घटना पश्चात् उनलाई बिर्तामोड नगरपालिका–२ स्थित चारपानेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए । ‘

उनलाई प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान अघि बढाएका छौँ,’ डीएसपी खड्काले भने, ‘घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी छ ।’ आक्रमणबाट घाइते हुनेहरू जिल्ला इन्चार्ज बिर्तामोड नगरपालिका–४ का अन्दाजी ३७ वर्षीय आङदम्बे, एमाले बिर्तामोड नगर कमिटी सदस्य तथा बिर्तामोड–९ का अन्दाजी ३५ वर्षीय विश्वद्वीप राजवंशी र एमालेकै कार्यकर्ता बिर्तामोड–४ का अन्दाजी ३० वर्षीय अजय खवास रहेका छन् । घाइतेहरूको बिएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको छ । इन्चार्ज आङ्देम्बेको आइसियुमा र अन्य दुई जनाको अर्थोवार्डमा राखेर उपचार भइरहेको छ ।

आङ्देम्बेमाथि खुकुरी प्रहार भएको थियो । खुकुरीबाट उनको अनुहारमा गम्भीर चोट लागेको छ भने अन्यको हात र शरीरका विभिन्न भागमा चोट लागेको छ ।  घटना बिर्तामोड–४ स्थित कर्णाली सहकारीको कार्यालयदेखि पश्चिमपट्टि ४५ वर्षीय खगेन्द्र खालिङ बस्ने डेराको अगाडि भएको थियो । गएराति पौने १ बजेको समयमा भद्रपुर रोडस्थित दरबार रेस्टुरेन्टमा उनीहरूले सँगै खाएका थिए । त्यसपछि खगेन्द्र खालिङ र उनका भतिजा दुर्गा खालिङ कोठातर्फ लागेका थिए ।  कोठा पुगेर खालिङले आङदम्बेलाई त्यही बोलाएर हत्या गर्ने योजनाका साथ खुकुरी प्रहार गरेको बताइएको छ । पाँचथरको हिलिहाङ गाउँपालिकाको भालुचोक घर भएका खालिङले ताप्लेजुङको कावेली हाइड्रोपावरसँगको लेनदेनको विषयमा दुवै साथीबीच विवाद भइ घटना घटेको जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बानेश्वरमा फेरि गोली चोल्यो, ३ जना घाइते
बानेश्वरमा फेरि गोली चोल्यो, ३ जना घाइते
गृहमन्त्री सुधन गुरुङद्धारा त्रिभुवन विमानस्थलमा अनुगमन
गृहमन्त्री सुधन गुरुङद्धारा त्रिभुवन विमानस्थलमा अनुगमन
विद्यालय शिक्षा विधेयकका सबै बुँदामा सहमति
विद्यालय शिक्षा विधेयकका सबै बुँदामा सहमति
उपनिर्वाचन अपडेट : कञ्चनपुरमा एक घण्टामा २३० मत, चिसोले घटे मतदाता
उपनिर्वाचन अपडेट : कञ्चनपुरमा एक घण्टामा २३० मत, चिसोले घटे मतदाता
रविको पक्राउविरुद्ध रास्वापाले गरायो मानवअधिकार आयोगको ध्यानाकर्षण
रविको पक्राउविरुद्ध रास्वापाले गरायो मानवअधिकार आयोगको ध्यानाकर्षण
२००७ सालको क्रान्तिको सैद्धान्तिक र वैचारिक धरातलको निर्माण नै रेडियो नेपालले गरेको हो  :  राष्ट्रपति
२००७ सालको क्रान्तिको सैद्धान्तिक र वैचारिक धरातलको निर्माण नै रेडियो नेपालले गरेको हो : राष्ट्रपति
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
नारायणघाट बुटवल खण्डको नारायणी नदी पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक
नारायणघाट बुटवल खण्डको नारायणी नदी पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक
रविन्द्र मिश्र र धवल शम्शेरलाई १५ दिन हिरासतमा राख्न अनुमति
रविन्द्र मिश्र र धवल शम्शेरलाई १५ दिन हिरासतमा राख्न अनुमति
ट्रम्पले आज ‘ठूलो व्यापार सम्झौता’ घोषणा गर्दै
ट्रम्पले आज ‘ठूलो व्यापार सम्झौता’ घोषणा गर्दै