सिन्धुलीमा पिकअप भ्यान दुर्घटना, १३ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन १३, २०८२
|
|
१९ पटक हेरिएको
Shares
सिन्धुलीमा पिकअप भ्यान दुर्घटना, १३ जना घाइते

सारांश

  • काठमाडौंबाट सिन्धुलीको गोलन्जर जाँदै गरेको बलेरो पिकअप दुर्घटना हुँदा चालक सहित १३ जना घाइते भएका छन् ।
  • जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सेवेदीका अनुसार सुनकोशी गाउँपालिका ६ मरिण डाईभर्सन नजिकै बा २० च ९३१ नम्बरको बलेरो पिकअप बीपी राजमार्गबाट सुनकोसी नदिमा खस्दा चालक सहित १३ जना घाइते भएको जानकारी दिए ।
  • पिकअपमा १९ जना यात्रु सवार थिए ।

१३ असोज, काभ्रेपलाञ्चोक ।

काठमाडौंबाट सिन्धुलीको गोलन्जर जाँदै गरेको बलेरो पिकअप दुर्घटना हुँदा चालक सहित १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सेवेदीका अनुसार सुनकोशी गाउँपालिका ६ मरिण डाईभर्सन नजिकै बा २० च ९३१ नम्बरको बलेरो पिकअप बीपी राजमार्गबाट सुनकोसी नदिमा खस्दा चालक सहित १३ जना घाइते भएको जानकारी दिए । पिकअपमा १९ जना यात्रु सवार थिए । घाइतेको सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भैरहेको छ । घाइतेहरूको इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरी तथा ससस्त्रको गोताखोर टोलीले उद्धार गरेको थियो । दुर्घटनामा घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ भने ४ जनाको अवस्था मध्यम तथा अन्यको सामान्य रहेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घाइते हुनेहरूमा गोलन्जर गाउँपालिकाका २३ वर्षीया प्रेम मगरको टाँउकोमा चोट लागेको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीको भनाइ छ । घाइते सबै एकै वडाका परिवारभित्रका छन् । काभ्रेतर्फ सडकमा अत्यधिक जाम भएको र सिन्धुलीतर्फ जाम खुल्ने बित्तिकै सवारी साधन अत्यधिक गतिमा गुडाउने कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय सिन्धुलीले राजमार्गका विभिन्न स्थानमा प्रहरी परिचालन गरेर गति नियन्त्रणको कार्य गरेको जनाएको छ । चालक बर्ष २६ को ओम बहादुर रानाको दुवै खुट्टाको घुडामा सामान्य चोट लागेको र उनको प्रहरीको नियन्त्रणमा उपचार भइरहेको छ ।

यी हुन घाइतेहरू :

१) सिन्धुली गोलन्जोर गाउँपालिका ४ बस्ने वर्ष २३ को प्रेम मगरको टाँउकोमा चोट (अवस्था गम्भीर)

२) वर्ष २० को रोजिना थापा मगर (अवस्था मध्यम)

३) वर्ष १७ को भोज बहादुर थापा मगर (अवस्था मध्यम)

४) वर्ष ३५ को तारा बहादुर खुलाल (अवस्था मध्यम)

५) वर्ष ११ को सुसन मगर (अवस्था मध्यम)

६) केदार थापा मगर (अवस्था मध्यम)

७) वर्ष २० मालती खुलाल (अवस्था सामान्य)

८) वर्ष २२ को ज्ञानेन्द्र मगर (अवस्था सामान्य)

९) वर्ष २२ को जम्पा खुलाल मगर (अवस्था सामान्य)

१०) वर्ष ८ को नितेश मगर (अवस्था सामान्य)

११) वर्ष २२ को रोश्मी मगर (अवस्था सामान्य)

१२) वर्ष २५ को ओम आले मगर (अवस्था सामान्य)

१३) वर्ष २६ को ओम बहादुर राना (चालक) : (अवस्था सामान्य)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ