लघुवित्त पीडितको आमरण अनशन, पाँचबुँदे माग तत्काल सम्बोधन गर्न आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १३, २०८३
|
|
२७२ पटक हेरिएको
Shares
लघुवित्त पीडितको आमरण अनशन, पाँचबुँदे माग तत्काल सम्बोधन गर्न आग्रह

सारांश

  • लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन २ औँ दिनमा पुगेको छ ।
  • काठमाडौंकाे माइतीघरमा जारी आन्दोलनमार्फत समितिले सामाजिक न्यायको माग गर्दै सरकारसमक्ष पाँचबुँदे माग अघि सारेको छ ।
  • आन्दोलनकारीले सर्वोच्च अदालतबाट जारी परमादेशअनुसार लघुवित्त पीडितसँग सम्बन्धित तीनबुँदे प्रतिवेदन असहमतिसहित तत्काल कार्यान्वयन गर्न माग गरेका छन् ।

काठमाडौं ।

लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन २ औँ दिनमा पुगेको छ । काठमाडौंकाे माइतीघरमा जारी आन्दोलनमार्फत समितिले सामाजिक न्यायको माग गर्दै सरकारसमक्ष पाँचबुँदे माग अघि सारेको छ । आन्दोलनकारीले सर्वोच्च अदालतबाट जारी परमादेशअनुसार लघुवित्त पीडितसँग सम्बन्धित तीनबुँदे प्रतिवेदन असहमतिसहित तत्काल कार्यान्वयन गर्न माग गरेका छन् ।

उनीहरूले विशेष वित्तीय तथा बैंकिङ सुधारमार्फत न्यायपूर्ण वित्तीय प्रणाली लागू गर्नुपर्ने, गरिब, मजदुर, किसान तथा न्यून आय भएका नागरिकलाई ब्याजरहित ऋण उपलब्ध गराउनुपर्ने माग पनि राखेका छन् । त्यसैगरी आवश्यकता र क्षमताका आधारमा रोजगारी तथा पारिश्रमिकको व्यवस्था गर्न र निजी बैंक तथा वित्तीय संस्थाको अन्यायपूर्ण तथा शोषणमूलक आर्थिक प्रणालीको अन्त्य गर्नुपर्ने मागसमेत आन्दोलनकारीको छ । संघर्ष समितिले आफ्ना मागको सुनुवाइ नभएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न नागरिक उन्मुक्तिको माग
चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न नागरिक उन्मुक्तिको माग
रुकुमपश्चिममा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु
रुकुमपश्चिममा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु
कुलमानले पाएनन् अन्तरिम आदेश, हितेन्द्रदेवले निरन्तर काम गर्न पाउने
कुलमानले पाएनन् अन्तरिम आदेश, हितेन्द्रदेवले निरन्तर काम गर्न पाउने
अब देश नै घण्टीमय हुनेछ र देशले काँचुली फेर्नेछ : तोसिमा कार्की
अब देश नै घण्टीमय हुनेछ र देशले काँचुली फेर्नेछ : तोसिमा कार्की
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने
भक्तपुरको सल्लाघारीमा बिच सडकमा गाडि पल्टियो, दुई जना घाइते
भक्तपुरको सल्लाघारीमा बिच सडकमा गाडि पल्टियो, दुई जना घाइते
नोभेम्बर ३० देखि एनपीएलमा खेलाडी छनोट अक्सनबाट, एक टोलीमा १६ खेलाडी
नोभेम्बर ३० देखि एनपीएलमा खेलाडी छनोट अक्सनबाट, एक टोलीमा १६ खेलाडी
जसपा कर्णाली अध्यक्षसहितका नेता माओवादीमा प्रवेश
जसपा कर्णाली अध्यक्षसहितका नेता माओवादीमा प्रवेश
महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन हुँदै
महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन हुँदै
झापाका तीन स्थानमा तीन जना मृ*त फेला
झापाका तीन स्थानमा तीन जना मृ*त फेला