सुवर्ण गाउँपालिकाको १४ औ विशेष गाउँसभा सम्पन्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २९, २०८१
|
|
२८ पटक हेरिएको
Shares
सुवर्ण गाउँपालिकाको १४ औ विशेष गाउँसभा सम्पन्न

सारांश

  • बाराको सुवर्ण गाउँपालिकाको १४ औ विशेष गाउँसभा आईतबार सम्पन्न भएको छ।
  • १३ औं गाउँसभाबाट आर्थिक वर्ष २०८१/०८२ को लागि पारित गरीएकोको योजनाहरुबाट चालु आर्थिकमा सँचालन हुन नसक्ने योजनाहरु बिशेष गाउँसभाबाट परिवर्तन गरीएको छ।
  • उपाध्यक्ष पुनम देबी यादवले परिमार्जित गरीएको योजनाहरुको ब्याग गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादवलाई हस्तान्तरण गरेकोमा गाउँपालिका अध्यक्ष यादवले परिमार्जित गरीएको योजनाहरुको बिश्लेषण सहित सभामा पेश गरेका छन्।

अमरेश कुमार पाण्डेय

२९ पुस, बारा। बाराको सुवर्ण गाउँपालिकाको १४ औ विशेष गाउँसभा आईतबार सम्पन्न भएको छ। १३ औं गाउँसभाबाट आर्थिक वर्ष २०८१/०८२ को लागि पारित गरीएकोको योजनाहरुबाट चालु आर्थिकमा सँचालन हुन नसक्ने योजनाहरु बिशेष गाउँसभाबाट परिवर्तन गरीएको छ।

उपाध्यक्ष पुनम देबी यादवले परिमार्जित गरीएको योजनाहरुको ब्याग गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादवलाई हस्तान्तरण गरेकोमा गाउँपालिका अध्यक्ष यादवले परिमार्जित गरीएको योजनाहरुको बिश्लेषण सहित सभामा पेश गरेका छन्। गाउँपालिका स्तरीय योजना सहित सम्पुर्ण वडा स्तरीय योजनाहरुमा केहि योजनाहरु परिमार्जित गरीएको छ।

गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादवको अध्यक्षतामा सम्पन्न गाउँसभामा प्रमुख अतिथी निमित्त प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादव , बिशेष अतिथि गाउँपालिका उपाध्यक्ष पुनम देबी, सम्पुर्ण वडाको वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु सहित नेपालि काँग्रेसको युवा नेता सतेन्द्र यादव , गाउँपालिकाको सम्पुर्ण कर्मचारीहरु , गाउँपालिका अन्तर्गत बिधालयको प्रधानाध्यापकहरु , समाजका भद्रभलादमी सहित सँचारकर्मिहरु उपस्थितमा बिषेश गाउँसभा सम्पन्न भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?