संघीयता र गणतन्त्र ल्याउने व्यक्ति गिरिजाप्रसाद कोईराला हुन्ः सभापति देउवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २१, २०८२
|
|
२५ पटक हेरिएको
Shares
संघीयता र गणतन्त्र ल्याउने व्यक्ति गिरिजाप्रसाद कोईराला हुन्ः सभापति देउवा

सारांश

  •   नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोईराला नभएको भए नेपालमा संघीय गणतन्त्र नआउने बताउनुभएको छ ।
  • शनिवार काठमाडौंमा स्व.
  • गिरिजाप्रसाद कोईरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

२१ असार, काठमाडौं । 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोईराला नभएको भए नेपालमा संघीय गणतन्त्र नआउने बताउनुभएको छ । शनिवार काठमाडौंमा स्व. गिरिजाप्रसाद कोईरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कोईराला र आफूबीचमा झगडा पनि भएको र पार्टीबाट आफूलाई निकालेपछि नयाँ पार्टी खोलेको पनि बताउनु भयो ।

पार्टीबाट निकालेपछि र प्रधानमन्त्री खोसेपछि आफूले गिरिजा र तत्कालीन राजा ज्ञानेन्द्रलाई गिरिजा र ज्ञानेन्द्र एउटै हुन् भन्ने गरेको बताउनु भयो । स्व. कोईराला लडाकु व्यक्ति भएको स्मरण गर्दै गिरिजाप्रसाद कोईराला नभएको भए गणतन्त्र ल्याउन कसैले पनि सोच्न नसक्ने स्थिति रहेको बताउनु भयो । गणतन्त्र ल्याउने पहिलो श्रेय गिरिजाप्रसाद कोईरालालाई जाने बताउनु भयो ।  सभापति देउवाले भन्नुभयो, ‘स्व. गिरिजाबाबु र मेरो बीचमा झगडा पनि भएकै हो । सबैलाई थाहा छ । उहाँले पार्टीबाट निकालिदिनु भयो । मैले अर्को पार्टी खोलेँ फेरि । त्यसकारण अनि मैले एक पटक के भनेको थिएँ भने राजाले मलाई खोस्यो, अनि मैले गिरिजा र ज्ञानेन्द्र एउटै हुन् भनेको थिएँ । एउटाले पार्टीबाट निकाल्यो, अर्कोले प्रधानमन्त्रीबाट निकाल्यो भनेर त्यस्तो हाम्रो सम्बन्ध हो । राजाले शाही आयोग गठन गरेर मलाई जेल हाल्यो । शाही आयोग मान्दै मान्दिन भनेर मैले बढो डन्जरले भनेँ ।

मुद्दा हाले पनि सर्वोच्चबाट जितिहालेँ म । थुनेपछि भेट्न आउनुभएको थियो, गिरिजाबाबु । पार्टीमा एक भएर काम ग¥यौँ । गिरिजाबाबु धेरै लडाकु व्यक्ति हो । उहाँ नभएको भए आज गणतन्त्र आउने थिएन । त्यस्तो आँटिलो व्यक्ति हो । हिम्मतिलो व्यक्ति हो । गणतन्त्र ल्याउन भनेर सोच्नै सक्दैन थिए । उहाँले हिम्मत गर्नुभएकै हो । अरु पार्टीसँग सरसल्लाह गरेर, पहिलो संविधान सभाबाट संविधान बनेन तर गणतन्त्र पहिलो संविधान सभाको पहिलो दिनमै पास भयो । गणतन्त्र ल्याउने सच्चा मानेमा भन्ने हो भने गिरिजाप्रसादलाई जान्छ श्रेय । उहाँले गणतन्त्र ल्याउनुभएको हो ।’सभापति देउवाले नेपालको इतिहासमा गणतन्त्र स्थापनाका लागि हिम्मत गर्ने र त्यसका लागि लडेर जनमत सिर्जना गर्नसक्ने व्यक्ति गिरिजाप्रसाद कोईराला भएको बताउनु भयो । गिरिजाप्रसाद कोईराला नभएको भए संघीयता पनि नआउने बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली दुर्घटनामा सरकारको गैरजिम्मेवारी र असफलता देखियो : सांसद शाही
कर्णाली दुर्घटनामा सरकारको गैरजिम्मेवारी र असफलता देखियो : सांसद शाही
एक वर्षमा नेपालमा १७ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रियो
एक वर्षमा नेपालमा १७ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रियो
नेपालले आफ्नो सामर्थ्यअनुसार विकास गरिरहेको छः प्रधानमन्त्री
नेपालले आफ्नो सामर्थ्यअनुसार विकास गरिरहेको छः प्रधानमन्त्री
विनियोजन र खर्चबीचको खाडल पुर्न चाहन्छु : अर्थमन्त्री पौडेल
विनियोजन र खर्चबीचको खाडल पुर्न चाहन्छु : अर्थमन्त्री पौडेल
सुनको मूल्य एकै दिन ३२ सय रुपैयाँले बढ्यो, तोलाको कति ?
सुनको मूल्य एकै दिन ३२ सय रुपैयाँले बढ्यो, तोलाको कति ?
पार्किङ हटाइएपछि सटर बन्द गरेर न्युरोडका व्यवसायी आन्दोलित
पार्किङ हटाइएपछि सटर बन्द गरेर न्युरोडका व्यवसायी आन्दोलित
संसद् चल्न नसक्दा महत्वपूर्ण विधेयक अड्किए : सभामुख
संसद् चल्न नसक्दा महत्वपूर्ण विधेयक अड्किए : सभामुख
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता
मलंगवामा दादुरा–रुवेलाको प्रकोप बढिरहेकोमा चिन्ता
मलंगवामा दादुरा–रुवेलाको प्रकोप बढिरहेकोमा चिन्ता
टी-२० आईमा नेपालले एकै खेलमा बनायो ७ रेकर्ड
टी-२० आईमा नेपालले एकै खेलमा बनायो ७ रेकर्ड